news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-10, Parsa, Nepal

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य यथावत्

स ४, २०७४-नेपाल आयल निगमले इन्धनको भाउ बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले यहाँ पनि समायोजन गरेको निगमले प्रस्ट पारेको छ ।

‘भारतीय आयल निगम(आइओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ । प्रतिलिटर पेट्रोलमा १ रुपैयाँ, डिजेल १ रुपैयाँ र मटितेलमा १ रुपैयाँले वृद्धि हुन्छ,’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने, ‘नयाँ मूल्य मंगलबार राति १२ बजेदेखि लागू हुनेछ ।’

नयाँ मूल्य लागू भएपछि प्रतिलिटर पेट्रोल १ सय १ रुपैयाँ, डिजेल ७८ रुपैयाँ र मटितेल ७८ रुपैयाँ पर्नेछ । यसअघि प्रतिलिटर पेट्रोलको मूल्य १ सय, डिजेल ७७ र मटितेल ७७ रुपैयाँ थियो । गोइतका अनुसार आइओसीले खुद्रा मूल्य बढाएकाले यहा मूल्य बढेको हो । नयाँ मूल्य सुचीअनुसार प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ ६७ पैसा र मटितेलमा १५ रुपैयाँ २७ पैसा नाफा छ । डिजेलमा भने प्रतिलिटर १ रुपैयाँ ७४ पैसा घाटा रहेको जनाएको छ  

मूल्य समायोजनपश्चात् निगमको घाटा ११ करोड ३९ लाख रुपैयाँ रहेको प्रवक्ता गोइतले बताए । खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्यमा भने यथावत् राखेको छ । अन्तर्राष्ट्रिय बजारमा ग्यास र हवाई इन्धनको मूल्यमा वृद्धि नभएको भन्दै यथावत् राखिएको छ । 

हाल खाना पकाउने एलपी ग्यासको प्रतिसिलिन्डर मूल्य १३ सय ५० रुपैयाँ छ । प्रतिलिटर हवाई इन्धन(आन्तरिक तर्फ) ८७ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिलिटर ०.८५० डलर छ ।



http://bit.ly/2BIufGC

काठमाडौं- रेडियो नागरिक ९६.५ को आयोजनामा 'सानमिगल वियर फेष्टिवल २०१७' आयोजना भएको छ। नेपालमा पहिलो पटक आयोजना भएको फेष्टिवलमा दर्शकको उल्लेख्य सहभागिता रहेको थियो। फेष्टिवलमा सुपथ मूल्यमा वियर सहित वारविक्यू, नेवारी फुड र रेष्टुरेन्टको सुविधा रहेको थियो। भृकुटिमण्डपमा भएको वियर फेष्टिवलमा दर्शकहरुले खाना, वियर र म्युजिकको स्वाद एकै ठाउँमा लिएका थिए। परिवर्तन व्यान्ड, विग स्माइल र डिजे फुचेले विशेष सांगीतिक प्रस्तुति दिए।

काठमाडौं- दुई वर्षअघिको भूकम्पका कारण घटेको पर्यटक आगमनमा पछिल्लो समय सुधार आएको छ । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०१७ को पहिलो आठ महिनामा करिब ६ लाख  पर्यटक नेपाल भित्रिएका छन् ।
सन् २०१६ को पहिलो ६ महिनामा तीन लाख ५९ हजार ६ सय ७२ पर्यटकले नेपाल भ्रमण गरेका थिए । यो वर्ष ६ महिनामा चार लाखभन्दा बढी पर्यटक आएका छन् ।

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीस्थित धरान विमानस्थल बनाउन केही व्यक्तिको जग्गा नकिनिदिएपछि महानिर्देशक सञ्जीव गौतमलाई स्पस्टीकरण सोधिएको खुलेको छ । प्राधिकरणको चालू आर्थिक वर्षको बजेटमा यती इनकर्पाेरेट कम्पनीको नाममा रहेको करिब ७ बिघा जग्गा किन्न बजेट नछुट्याएपछि गौतमलाई हटाउन चलखेल सुरु भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले बताएको छ । विमानस्थलका लागि ७० हेक्टर जग्गा आवश्यक पर्छ ।

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
चन्द्र शेखर चौधरी - ( बारा कलैया ९८५५०४५४८३)
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)
प्रेम कुमार राय  ( जीतपुर सिमरा बिज्ञापन प्रमुख - ९८१४२७५५६६ )


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 

Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

Facebook Live Feed