news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२८ फागुन, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको पहिलो खेलमा भुटान आयोजक नेपालसँग ३–० ले पराजितभयो ।

खेलपछि भुटानी प्रशिक्षक सुङ जियालीले प्रतियोगिताको व्यवस्थापनमाथि प्रश्न उठाएका छन् ।

उनले भनेका छन्, ‘हामी बस्ने होटल राम्रो भएन । होटल खोज्दै दिन गयो ।’ भुटानको टिम काठमाडौंबाट आइतबार विहान विराटनगर पुगेको थियो । भुटानी टोलीका लागि आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा)ले स्ट्रन स्टार होटल बुक गरेको थियो । पहिलो दिन टोली त्यही बस्यो ।

भोलिपल्ट होटल नराम्रो भएको नयाँ खोजीमा हिँड्यो । बेलुका ५ बजेतिर स्ट्रनबाट सरेर ह्यारिसन होटलमा बस्यो । बस्ने व्यवस्थाको राम्रो नभएका कारण भुटानी टिमले सोमबार अभ्यास गरेन ।

मंगलबार नेपालसँग व्यहोरेको हारलाई प्रशिक्षक सुङले व्यवस्थापनमा भोग्नु परेको कठिनाईसँग जोडे ।

यति ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको व्यवस्थापन लज्जास्पद भएको उनको दाबी छ । उनले भने, मेरो लामो प्रशिक्षण करिअरमा अहिलेस्म्म यस्तो अवस्थाबाट गुज्रिनु परेको थिएन । हामीले अभ्यासमा जोड दिन पाएनौं । यस्तो किसिमको व्यवस्थाले खेलाडीमा नकारात्मक असर परेको छ ।

 
 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368962
Today
Yesterday
This Week
Last Week
This Month
All days
29
194
2256
1359972
223
1368962

Your IP: 3.129.45.92
2024-05-02 02:46

Facebook Live Feed