news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३० कार्तिक, जनकपुरधाम । घरदैलोको क्रममा धनुषाको क्षिरेश्वरनाथ नगरपालिकामा एक मतदातामाथि हातपात तथा अभद्र व्यवहार भएको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ५ बस्ने विशेश्वर महतोले आफूमाथि एमाले नेताकार्यकर्ताले हातपात गरेको आरोप लगाएका हुन् ।

एमालेका स्थानीय नेताकार्यकर्ता महेन्द्र यादव, पूर्व वडाध्यक्ष रामकिसुन यादव, ललित साह सहितका कार्यकर्ता घरमै आएर मंगलबार साँझ हातपात तथा अभद्र व्यबहार गरेको उनको आरोप छ ।

मंगलबार अपराहन्न साढे ५ बजेतिर एमालेकी समानुपातिक उम्मेदवार समुदा खातुनसहितका महिलानेतृ तथा कार्यकर्ता सूर्य छापमा मतदान गर्न आग्रह गर्दै उनको घरमा पुगेका थिए ।

महतोका अनुसार आफ्नी श्रीमती कविताले जितेपछि नेताहरु पाँच वर्ष फर्केर आउँदैन, किन भोट दिने भन्दै आक्रोश पोखेकी थिइन् । सोही कुरालाई लिएर उनीहरुबीच भानाभान भएको थियो । महतोले श्रीमतीको पक्षमा बोलेपछि तत्कालै फोन गरेर एमाले कार्यक बोलाएर हातपात तथा अभद्र व्यबहार गरेको बताए ।

‘मत माग्न आएका नेतामाथि असन्तुष्ति गुनासो पनि गर्न नपाउने । मेरो श्रीमती र मेरो कुनै गल्ती छैन । उनीहरुले आफूलाई गाली गर्यो भनेर फोन गरी तुरन्तै कार्यकर्ता बोलाएर ममाथि हातपात गरे । धम्काए । यो कहाँको न्याय हो । गुनासो पनि गर्न नपाउने ?’ महतोले भने ।

हातपातको भिडियो समेत डिलिट गराएको महतोको गुनासो छ । उनले आफूमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गरेका छन् । स्थानीय प्रत्यक्षदर्शीले एमाले कार्यकर्ताको यो तरिका ठीक नभएको भन्दै विरोध गरेपछि उनीहरु फर्केका थिए ।

यता सोही घटनामा संलग्न भनिएका एमालेका स्थानीय नेता तथा पूर्व वडाध्यक्ष रामकिशुन यादवले गाली गरेपछि आफूहरु धकलेर घरभित्र मात्र पुर्याएको स्वीकारे ।

‘उनीहरुले मत माग्न गएका महिलालाई गाली गरेपछि हामी पुगेका थियौं । विशेश्वर उल्टै बढी बोल्न थालेपछि विवाद हुन्छ भनेर मात्र महेन्द्रजी र मैले धकेलेर घरभित्र पुर्याउन खोज्यौं । धक्काधुक्की मात्र भयो । कुटपिट गरेका हैनौं’ उनले भने ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375825
Today
Yesterday
This Week
Last Week
This Month
All days
89
249
2776
1364765
7086
1375825

Your IP: 18.119.255.44
2024-05-18 14:21

Facebook Live Feed