news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, २१ पुष । स्कर्पियोको ठक्करबाट तरकारी बेच्न निस्केका एकजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ को टांगिया बस्तीका स्कर्पियोको ठक्करबाट तरकारी बेच्न निस्केका एक पुरुषको मृत्यु भएको हो । अन्य दुई महिला घाइते भएका छन् ।

पथलैया–निजगढ सडकखण्डअन्तर्गत पसाहा पुल नजिक बिहीबार बिहान निजगढबाट पथलैयातर्फ आउँदै गरेको सकर्पियोले सोही दिशाबाट आइरहेको मोटरसाइकल र साइकललाई एकै ठाउँमा ठक्कर दिँदा टांगिया बस्तीका ४५ वर्षीय राजेन्द्र माझीको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा २८ वर्षीया सोनिया योञ्जन र रुपा आलेमगर घाइते भएका छन् । उनीहरुको सिमरास्थित अल्पाइन अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये आलेमगरको अवस्था गम्भीर छ । घाइते दुवैलाई थप उपचारका लागि वीरगञ्जको अस्पताल पठाउने तयारी भइरहेको छ ।

बिहानको समयमा तीव्र गतिमा आएको ग २ च ४४१३ नम्बरको सकर्पियोले पसाहा पुलदेखी पूर्वतर्फ प्रदेश २–०३ ००२प ४५८७ नम्बरको मोटरसाइकल र दुईवटा साइकललाई पछाडिबाट ठक्कर दिएको थियो । स्कर्पियोका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375953
Today
Yesterday
This Week
Last Week
This Month
All days
217
249
2904
1364765
7214
1375953

Your IP: 18.227.111.33
2024-05-18 20:37

Facebook Live Feed