news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

कैलाली बैशाख २० - कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडा स्थित सडक छेउमा बस्दै आएका बादी समुदायको घर टहरा भत्काइएको घटनाप्रति रास्ट्रिय दलित नेटवोर्क नेपाल र दलित भुमी अधिकार युनियनले आपत्ति जनएको छ ।


रास्ट्रिय दलित नेटवोर्क नेपालको महासचिव मोहन ओड र दलित भुमी अधिकार युनियनका सुदुरपश्चिम प्रदेश संयोजकले सयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै नेपालको संविधानको धारा ४० को उपधारा (५) र (६) मा दलितहरुलाई जमिन र सुरक्षित आवास उपलब्ध गराउने मौलिक हकको व्यवस्था गरेको भएता पनि महेन्द्रराज मार्गको दुबैतर्फ निर्माण गरिएका पाँच सय बढी घर टहरा मिति २०८० बैशाख १८ गते (१ मे अन्तराष्ट्रिय श्रमिक दिवश) का दिन वन कार्यालयले भत्काएको घटनाले बादी समुदायको मौलिक अधिकार समेत हनन भएको छ जनएको छ ।
प्रहरी, वन कर्मचारी र स्थानीय वन उपभोक्ताहरूले गोदावरी नगरपालिका, जिल्ला प्रशासन कार्यालय र वन डिभिजन कार्यालय धनगढीको सहयोगमा बडीमालिका सामुदायिक वन र चौकीडाँडा महिला सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको घर टहरा भत्काएका हुन् । वन डिभिजन कार्यालय धनगढी र सव–डिभिजन कार्यालय अत्तरियाले दुईवटा डोजर प्रयोग गरेर आफ्नो घर टहरा भत्काएको पीडितहरुले बताएका छन् ।

No description available.
आफूहरु बस्ने घर टहरानै भत्काइएपछि आफूहरूको बिचल्ली भएको पीडीतहरुको गुनासो छ । बादी समुदायसंग नेपाल सरकारले गरेको सम्झौता अनुसार आफूहरुको गास,बासको व्यवस्था गर्नुको साटो घर टहरा भत्काएर अन्याय गरेको पिडीतहरुको गुनासो छ ।
यस समस्याको सामाधानका लागि यस क्षेत्रमा सरोकार राख्ने निति निर्माता, राजनितिक दलहरु, सरकारी निकाय, नागरिक समाज, पत्रकार, मानवअधिकारकर्मीहरुलाई पहल गरि दिन हुन हार्दिक अपिल गर्न चाहन्छौ बिज्ञप्तिम उल्लेख छ ।
जनताको मानव अधिकारको सम्मान, संरक्षण र परिपुर्ति गर्नु राज्यको दायित्व भएकोले यस समस्याको बिकल्प सहित सामाधान गर्नका लागि सरकारसंग जोडदार माग गर्दछौ । यदि समयमै यस समस्याको सामाधान गर्न नसकेको खण्डमा चरणबद्ध आन्दोलन गर्ने कुराको जानकारी प्रेश बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375912
Today
Yesterday
This Week
Last Week
This Month
All days
176
249
2863
1364765
7173
1375912

Your IP: 18.116.242.196
2024-05-18 18:34

Facebook Live Feed