news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज चैत ४- सबै रोगको उपचार गर्ने दाबी गर्दै आएका भारतीय काली कम्बल वाले बाबा फरार भएका छन् । वीरगञ्जको चिनिमिल परिसरमा फागुन ३० गतेदेखि चैत १० गतेसम्म धार्मिक शिविर सञ्चालन गर्न आएका काली कम्बल वाले बाबा फरार भएका हुन् । क्यान्सर, सुगर, रक्तचाप, पत्थरी लगायतका विभिन्न रोगको निशुल्क उपचार गर्ने भनी सर्वसाधारणलाई ठगी गर्दै आएका बाबाको पोल खुलेपछि फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक कुमोद ढुङ्गेलले  बताए ।

बाबाकाे अन्धविश्वासमा परेर शिविरमा उनिबाट उपचार गराउनका लागि मधेसका जिल्लाका साथै छिमेकी मुलुक भारतबाटसमेत दिनहुँ हजाराैंकाे संख्यामा आउने बिरामीहरुकाे घुंइचाे लाग्ने गरेकाे थियाे।

तर आइतबार दिउँसो १२ बजेतिर ती बाबा अचानक शिविर छाडेर गायब भएपछि शिविरमा उपचारका लागि आएकाहरुले प्रदर्शन गरेकाे र त्यसक्रममा प्रहरीले बल प्रयाेग गर्दा स्थिति तनावग्रस्त बनेकाे थियाे।

प्रदर्शनमा उत्रिएकाहरुले प्रहरी प्रशासनले काली कम्बल वाला बाबालाई पक्राउ गरेर लगेकाे भन्दै सडकमै बसेर धर्ना दिएका थिए। धर्नाका कारण अवरुद्ध सडक खुलाउन प्रहरीले प्रयास गर्दा झडप पनि भएकाे थियाे । प्रहरीको लाठीचार्जबाट केहि प्रदर्शनकारी घाइतेपनि भएका छन्।

धर्मको आडमा सर्वसाधारणलाई निको बनाउने बहानामा ठगी गर्दै गरेको खबरपश्चात प्रहरीले पक्राउ गर्ने पूर्व सूचना पाएपछि बाबा फरार भएको हुन सक्ने प्रहरीको आशंका छ । बाबा फरार भएसँगै आयोजकलाई नियन्त्रणमा लिन खोज्दा स्थानीय र प्रहरीबीच झडप समेत भएको थियो । यसअघि भारतमा पनि उनलाई विभिन्न आरोप लाग्दै आएको थियो । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1368967
Today
Yesterday
This Week
Last Week
This Month
All days
34
194
2261
1359972
228
1368967

Your IP: 3.141.193.158
2024-05-02 03:16

Facebook Live Feed