news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज, ६ फागुन ।

बारामा जीप दुर्घटनामा परेर गम्भीर घाइते हुनुभएका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको आज मृत्यु भएको छ ।


त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा उहाँको मृत्यु भएको हो । यसअघि माघ १२ गत्ते भट्टराईको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीप सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किँदा सशस्त्र प्रहरी बलका प्रहरी उपरिक्षक बलराम पोख्रेलको घटनास्थलमै मृत्यु भएको थियो भने भट्टराईसहित अन्य ३ जना घाइते भएका थिए ।

कर्मचारी मिलन केन्द्र बाराले निजगढस्थित शहीद हिरालाल पार्कमा आयोजना गरेको वनभोज कार्यक्रमबाट फर्किएको जिप पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिक दुर्घटना भएको थियो ।
घटनालगत्तै स्थानीय अस्पतालमा सामान्य उपचारपछि उहाँलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको थियो । गत शनिबारबाट उहाको परिवारले पत्रकार सम्मेलन गरेर घटना शंकास्पद भएको दाबी गरेका थिए ।

घटनामा ज्यान गुमाएका सशस्त्रका प्रहरी उपरिक्षक पोख्रेलको परिवारले जिल्ला प्रहरी कार्यालय, बारामा स्कोर्पियो चालक जगतनारायण राउत कुर्मी विरुद्ध जोहरी समेत दिएका छन् ।
हाल उनी प्रहरीकै हिरासतमा रहेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375946
Today
Yesterday
This Week
Last Week
This Month
All days
210
249
2897
1364765
7207
1375946

Your IP: 18.119.162.204
2024-05-18 20:07

Facebook Live Feed