news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज १२ असोज । पर्सा र बारामा थप ७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

वीरगञ्जस्थति नारायणी अस्पतालको प्रयोशालामा आईतबार राति गरिएको परिक्षण अनुसार पर्साका ६ र बाराका १ जना गरी थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पर्सा र बाराको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको १ सय ९१ जनाको थ्रोट स्वाबको नमुनालाई परिक्षण गर्दा २४ वर्षदेखि ६५ वर्ष उमेर समुहसम्मका एक महिलासहित थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले जानकारी दिए ।

उनले पर्सामा संक्रमण पुष्टि भएकामध्ये पाँच जना वीरगञ्जका विभिन्न वडाको बासिन्दा रहेको बताए । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १२ र ८ का दुई/दुई जना र नारायणी वयोधा अस्पतालका एक जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी धोबिनी गाउँपालिका वडा नम्बर ३ को एक जनापनि संक्रमित भएका छन् ।

उता, बाराको देवताल गाउँपालिकाको वडा नम्बर १ मा एक जनामा संक्रमण पुष्टि भएको डाक्टर चौरसियाले बताए । उनले थपिएका संक्रमितको सिटी भ्यालु १७ देखि २८ सम्म रहेको डा. चौरसियाले बताए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375891
Today
Yesterday
This Week
Last Week
This Month
All days
155
249
2842
1364765
7152
1375891

Your IP: 3.147.42.34
2024-05-18 17:42

Facebook Live Feed