news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३० असोज, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४ हजार ३९२ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा १६०३ महिला र २७८९ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४० संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र ३ हजार ५२२ संक्रमणमुक्त भएका हुन् ।

देशभर ३७ हजार ३८२ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३१५ जनाको आईसीयू र ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जानसंख्या मन्त्रालयले जनाएको छ ।

कहाँ कति थपिए संक्रमित ?

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा २ हजार ४०२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १७८४, ललितपुरका ३७४ र भक्तपुरका २४४ जना छन् ।

यस्तै मोरङका २८८ जना, सुसनरीका २०२, रुपन्देहीका १७६, चितवनका १२८, मकवानपुर र नवलपुरका १२१/१२१ जना, काभ्रेका ९०, झापाका ६५, दाङका ६४, कास्कीका ५९, प्युठानका ५३, सुर्खेतका ४४, बाँकेका ४१, सप्तरी र तनहुँका २४/२४ जना, सिन्धुपाल्चोकका २३ र दैलेखका २२ जना संक्रमित भएका छन् ।

रौतहट र सिराहाका २१/२१ जना, गोरखा र नवलपरासीका २०/२० जना, पर्साका १८, बर्दियाका १७, धादिङ र पाल्पाका १५/१५ जना, बागलुङ र गुल्मीका १४/१४ जना, नुवाकोट र कपिलवस्तुका १२/१२ जना, लमजुङ र कालीकोटका ११/११ जना, संखुवासभाका १०, महोत्तरीका ९ तथा तेह्रथुम, सिन्धुली र जुम्लाका ८/८ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

यस्तै इलाम, उलयपुर, बारा, रामेछाप, अर्घाखाँची र दार्चुलाका ७/७ जना, धनुषा, दोलखा, म्याग्दी र स्याङ्जाका ६/६ जना, बझाङका ५, ओखलढुंगा, ताप्लेजुङ, सर्लाही, पर्वत, रुकुम पश्चिमका ३/३ जना, धनकुटा, रोल्पा, जाजरकोट र बैतडीका २/२ जना, भोजपुर, मुस्ताङ, रुकुम पूर्व, डोल्पा, सल्यान, हुम्ला, अछाम, डोटी र बाजुराका १/१ जनामा पनि संक्रमण पुष्टि भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375872
Today
Yesterday
This Week
Last Week
This Month
All days
136
249
2823
1364765
7133
1375872

Your IP: 3.137.157.178
2024-05-18 16:30

Facebook Live Feed