news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१० जेठ, वीरगञ्ज । कोरोना संक्रमणबाट वीरगञ्जमा थप पाँच जनाको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत पाँचजना कोरोना संक्रमितको मृत्यु भएको हो । मृतकमध्ये पर्सा र बाराका दुई/दुई जना र सर्लाहीका एक जना छन् ।

वीरगञ्ज-३२ चोर्नीका ३५ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । वैशाख ३ गते अस्पताल भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान ५ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालमै पर्साको बिन्दबासिनी गाउँपालिका– २ बहुअर्वाभाठाका ७० वर्षीय पुरुषको मृत्यु भएको छ । जेठ ६ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा थप समस्या देखिएपछि दुईदिनपछि अस्पतालमा भर्ना गरिएको थियो । नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर दासका अनुसार उपचारको क्रममा सोमबार बिहान पौने १ बजे उनको मृत्यु भयो ।

बाराको कलैया उपमहानगरपालिका– ३ गंगापुर बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको छ । वैशाख ३० गते गरिएको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई भोलिपल्ट उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । कोभिड निमोनियाले ग्रसित उनको उपचारको क्रममा सोमबार बिहान १० बजे मृत्यु भएको छ ।

बारा जिल्ला घर भएका ४० वर्षीय पुरुषको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । बैशाख २७ गते गरिएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई बैशाख २९ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार राति साढे १२ बजे मृत्यु भएको कोभिड संयोजक दासले बताए ।

सर्लाहीको सोल्टीबजारका ५२ वर्षीय पुरुषको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । जेठ ३ गते भर्ना भएका उनको सोही दिन गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टी भएको थियो । उपचारको क्रममा सोमबार बिहान पौने ७ बजे मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375911
Today
Yesterday
This Week
Last Week
This Month
All days
175
249
2862
1364765
7172
1375911

Your IP: 18.116.242.196
2024-05-18 18:34

Facebook Live Feed