news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१ असोज, धनगढी । शुक्रबार रातिदेखिको अविरल वर्षातका कारण कञ्चनपुरमा करिब तीन सय घर डुबानमा परेका छन् । भिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका-११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जानकारी दिए । उनकाअनुसार मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका-४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका-५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् । दोदा नदीको बाढीले लालझाडी गाउँपालिका-३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।

महाकालीमा बढ्यो जलस्तर

अविरल वर्षापछि महाकाली नदीको जलस्तर बढेको छ । जलस्तर बढेसँगै भारतीय पक्षले शारदा ब्यारेजमा आवागमन रोक लगाएको छ । डीएसपी शाहकाअनुसार नदीमा पानीको सतह बढेर एक लाख ६४ हजार क्युसेक पुगेपछि भारतीय पक्षले आवागमनमा रोक लगाएको हो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375934
Today
Yesterday
This Week
Last Week
This Month
All days
198
249
2885
1364765
7195
1375934

Your IP: 18.116.67.177
2024-05-18 19:29

Facebook Live Feed