news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२२ भदौ, काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनका लागि नमूना मतपत्र छाप्न सुरु गरेको छ ।

नेपाली सेनाको सुरक्षामा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा नमूना मतपत्र छपाइ सुरु गरेको निर्वाचन आयोगले जनाएको छ । असोज २५ गतेभित्र सबै मतपत्र छापिसक्ने लक्ष्य छ । सुरुमा निर्वाचन शिक्षाका लागि नमूना मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । दुई दिनभित्र नमूना मतपत्र छपाइ सकेर समानुपातिकतर्फ मतपत्र छापिने उनले बताए । पहिलो चरणमा प्रदेश तहको र त्यसपछि संघ अन्तर्गतको मतपत्र छाप्ने आयोगको योजना छ । आगामी निर्वाचनमा करिब एक करोड ८० लाख मतदाता कायम छन् । मतदाताभन्दा १० प्रतिशत बढी मतपत्र छाप्ने अभ्यास हुँदै आएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा दैनिक १२ लाखभन्दा बढी थान मतपत्र छाप्न सक्ने क्षमता छ । मतपत्र छपाइ हुने जनक शिक्षा सामग्रीको छापाखानामा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षामा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली तैनाथ छन् । मुख्य सुरक्षाको जिम्मा भने नेपाली सेनाको छ । सेनाको अनुमति लिएर मात्र कर्मचारीहरु आउ–जाउ गर्न पाउँछन् ।

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375988
Today
Yesterday
This Week
Last Week
This Month
All days
252
249
2939
1364765
7249
1375988

Your IP: 18.225.149.143
2024-05-18 22:30

Facebook Live Feed