news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज, २२ मंसिर । वीरगन्ज महानगरपालिकाको मुख्य सडक तथा बजार क्षेत्रको केही स्थानको सडक किनारामा पार्किङ गर्न नपाउने भएको छ ।

वीरगञ्ज बजार क्षेत्रको पार्किङ्गको समस्यालाई समाधान गर्न वीरगञ्ज महानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता, सामुदायिक सेवा केन्द्र लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले ट्राफिक व्यवस्थापनका सम्बन्धमा बिहीबार छलफल गरेका छन् ।

वडा प्रहरी कार्यालय वीर्तामा बसेको बैठकले पार्किङ्ग स्थल निर्धारण गर्नुको साथै केहि स्थानको सडकमा पार्किङ निषेध गर्ने निर्णय समेत गरेको छ । वीर्तास्थित वीरगञ्ज उद्योग वाणिज्य संघदेखि मकालु चौक, आदर्शनगर माइस्थानसम्म र घण्टाघरदेखि लिंक रोडमा दुवै तर्फ चार पाङ्ग्रे सवारी साधनको पार्किङ्ग निषेध गर्ने निर्णय बैठकले गरेको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले बताउनुभयो ।

वीरगञ्ज व्यवस्थित बनाउने अभियान अन्र्तगत ट्राफिक व्यवस्थापनका लागि सरोकारवाला सक्रियता देखाउदै बैठक बसेर आदर्शनगर क्षेत्र र आदर्शनगरदेखि अलखियामठसम्म मुख्य सडकमा मोटरसाईकल समेत पार्किङमा रोक लगाउने  निर्णय गरेको छ । सवारी व्यवस्थापनका लागि बिर्ता स्थित मालपोत कार्यालय अगाडिको खाली जमिन, हजारी मल ट्रष्टको जमिन, पूरानो बस पार्क, गीता मन्दिर छेउको खाली जमिन र घण्टाघर नजिकको बी.पी उद्यानको खाली जमिनमा पार्किङ्ग गर्ने व्यवस्था मिलाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रमुख प्रहरी निरीक्षक बिशाल मल्लले जानकारी दिनुभयो ।

निर्णय कार्यन्वयनका लागि वीरगञ्ज महानगरपालिकाबाट नगर प्रहरी, ट्राफिक प्रहरी परिचालन हुनेछन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुब प्रसाद दाहाल वीरगञ्ज व्यवस्थित बनाउन अभियान थालिएको बताउनुभयो । तोकिएको ठाउँमा सवारी पार्किङ गर्दा सहरको सुन्दरता बढ्ने वीरगञ्ज– ४ का वडा अध्यक्ष जगत साह कानुले बताउनुभयो ।

यसैबीच वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रका सार्वजनिक नाला अतिक्रमण गरेर बनाइएका संरचना हटाउन आग्रह गरेको छ । महानगरलाई सुन्दर र स्वच्छ बनाउनका साथै व्यवस्थित बनाउनका लागि पनि नालाको व्यवस्थापन हुन जरुरी रहेको हुँदा अतिक्रमित संरचना हटाउनुपर्ने वीरगञ्ज महानगरपालिका नगर प्रहरी प्रमुख हरि भुषालले बताउनुभयो ।

साथै महानगरलाई सुन्दर र सफा राख्नका लागि जथाभावि फोहोर नफाल्न र घर तथा पसलको फोहोर डस्टबिनमा राखी फोहोरको गाडीमा मात्रै फाल्न पनि उहाँले आग्रह गर्नुभयो । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375944
Today
Yesterday
This Week
Last Week
This Month
All days
208
249
2895
1364765
7205
1375944

Your IP: 18.119.162.204
2024-05-18 20:07

Facebook Live Feed