news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

५ पुस, काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले दलित थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । नागरिकता, जन्मदर्ता जस्ता कागजातमा लेखिएका दलित थर परिवर्तन गर्न खोज्दा स्थानीय तह र जिल्ला प्रशासन कार्यालयले नमिल्ने बताएपछि विभागले थर परिवर्तन गर्न पाउने निर्णय गरेको हो ।

विभागका निर्देशक तथा सूचना अधिकारी लक्ष्मण ढकालका अनुसार राष्ट्रिय दलित आयोगले सूचिकृत गरेका थर राख्न र परिवर्तन गर्न पाउनेगरी विभागले निर्णय गरेको हो ।

निर्देशक ढकालले भने, ‘स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा थर परिवर्तनको निवेदन आए पनि परिवर्तन नहुने समस्या देखियो । त्यसैले हामीले दलित आयोगले बनाएको सूचि अनुसार थर परिवर्तन गराउनु भनेर निर्देशन दिएका हौं ।’

राष्ट्रिय दलित आयोगले दलितका २५ वटा जाति अन्र्तगत पर्ने थरको सूचि बनाएको छ । विभागका अनुसार थर परिवर्तन गर्न चाहानेले आयोगले बनाएको सूचिभित्र रहेका थर परिवर्तन गर्न पाउनेछन् ।

विभागका निर्देशक भन्छन्, ‘विश्वकर्मा जाति हो, यहाँ भित्र अनेक थर छन् । परियार पनि जाति हो त्यहाँभित्र अनेक थर छन् । आफूलाई असहज लागेको, अपमानित महसुस भएमा सम्बन्धित व्यक्तिले आफ्नो जाति भित्रको थर राख्न पाउँछन् ।’

सरकारले २०५२ सालदेखि नै दलितले सम्मानजनक थर राख्न र परिवर्तन गर्न पाउने निर्णय गर्दै आएको छ । ०६३ र ०६८ मा पनि सरकारले दलितले नागरिकता, जन्मदर्ता प्रमाणपत्रमा थर पविर्तन गर्न पाउने निर्णय गरेको थियो ।

सरकारले पहिले नै गरेको निर्णय सहज रुपमा लागु गराउन विभागले स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको बताएको छ ।

विभागले यसपटक नागरिकतामा मात्र नभई जन्मदर्ताको प्रमाणपत्रमा पनि थर परिवर्तन गर्न पाउने निर्णय गरेको छ । विभागका निर्देशक ढकालले भने, ‘नागरिकतामा मात्र सच्याएर सबै समस्या समाधान नहुने देखिएपछि हामीले यसपटक जन्मदर्तामा पनि सच्याउन पाउने निर्णय गरेका हौं ।’

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375938
Today
Yesterday
This Week
Last Week
This Month
All days
202
249
2889
1364765
7199
1375938

Your IP: 18.116.67.177
2024-05-18 19:29

Facebook Live Feed