news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, ५ चैत । वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ अलौको जातिय विभेद सम्बन्धी घटनामा राष्ट्रिय दलित पत्रकार संघ पर्साले आपत्ती जनाएको छ ।

आइतवार राष्ट्रिय दलित पत्रकार संघ पर्साले एक प्रेस विज्ञप्ती जारी गर्दै अलौमा यही चैत ८ गतेदेखि हुने शतचण्डी महायज्ञमा दलित समुदायलाई विभेद गरिएको घटनाको भत्सर्ना गरेको हो । संविधानले नै छुवाछुत एवम् भेदभावजन्य गतिविधिलाई अपराध मानेको अवस्थामा पनि जातकै आधारमा विभेद हुनु खेदजनक भएको संघका अध्यक्ष श्याम पासवान र सचिव सूर्यनारायण वि.क.द्वारा सयुँक्त रुपमा जारी विज्ञप्तमा भनिएको छ । महायज्ञका लागि त्याहाँका दलित समुदायले दिन खोजेको चन्दा पनि लिन अस्विकार गर्नु र उनीहरुलाई महायज्ञमा समावेश नगराउन गैरकानुनी भएको हुँदा घटनालाई गम्भिरताका साथ लिई भेदभाव गर्नेलाई कानुनबमोजिम कारवाही गर्न पनि संघले विज्ञप्तीमार्फत माग गरेको छ । खुलेयाम रुपमा बरु जेल जान तयार तर महायज्ञमा दलित समुदायलाई बस्न नदिने अभिव्यक्ति दिने व्यक्तिलाई कारवाहीकाय दायरामा नल्याउँदासम्म यस्ता विभेदजन्य घटना भइरहेको संघको ठहर छ । महायज्ञमा दलित समुदायलाई समावेश नगराए संघले पनि कडा रुपमा आन्दोलन गर्ने विज्ञप्तीमार्फचेतावनी दिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375811
Today
Yesterday
This Week
Last Week
This Month
All days
75
249
2762
1364765
7072
1375811

Your IP: 3.135.219.78
2024-05-18 13:45

Facebook Live Feed