news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१९ भदौ, काडमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारी बढिरहँदा लाखौं नेपालीले यसको बीमा गरेर आर्थिक पाटोमा ढुक्क हुन चाहेका छन् । तर, बीमा समितिले बनाएको नयाँ मापदण्डबाट धेरै बिमितहरुले कोरोना संक्रमण भएको अवस्थामा पनि बीमा दावी भुक्तानी पाउन नसक्ने अवस्था सिर्जना भएको छ ।

कोरोना बीमाको नयाँ मापदण्ड बनाउँदै समितिले स्वास्थ्य मन्त्रालय मातहतका ल्याबले गरेको परीक्षणलाई मात्रै मान्यता दिने बताएको हो । यो मापदण्ड लागू भए निजी ल्याबमा परिक्षण गरेर पोजेटिभ आएकाहरुले बीमा दावी भुक्तानी पाउने छैनन् ।

समितिले नेपाल सरकार, स्वास्थ्य मन्त्रालय अन्तरर्गतका निकायबाट पीसीआर गर्दा कोरोना भाइरस संक्रमण देखिएमात्रै भुक्तानी गर्ने व्यवस्था मिलाउन बीमा कम्पनीहरुलाई भनेको छ । जबकि सरकारले नै विभिन्न ल्याबहरुलाई कोरोना परीक्षणका लागि मान्यता दिएको छ ।

सबै ल्याबमा गरिएको परीक्षण रिपोर्टअनुसार नै स्वास्थ्य मन्त्रालयले हरेक दिन संक्रमितको अपडेट गराउँदै आएका छन् । सरकारीमा चाप बढेपछि पछिल्लो समय अधिकांशले निजी ल्याबमै परिक्षण गराइरहेका छन् ।

बीमा समितिले सरकारकै नीतिविरुद्ध मापदण्ड बनाएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । बीमा गर्ने तर भुक्तानी नगर्ने अर्थात बीमा गरिएको रकम यत्तिकै पचाउने कतिपयले बीमा कम्पनीहरुको उक्साहटमा समितिले निर्णय लिएको आरोप लागेको छ ।

तर, बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल भने निजी ल्याबको रिपोर्ट ‘फेक’ हुने गरेको उजुरी आएपछि यस्तो निर्णय लिइएको बताउँछन् । यसका विषयमा आगामी आइतबार वा सोमबार थप छलफल छलफल गरेर नयाँ निर्णय गर्न सकिने उनले बताए ।

अहिलेसम्म १२ लाखभन्दा धेरैले कोभिड बीमा गराइसकेका छन् । जसमा ६ सय जनाको मात्रै दावी भुक्तानी परेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375897
Today
Yesterday
This Week
Last Week
This Month
All days
161
249
2848
1364765
7158
1375897

Your IP: 3.145.126.63
2024-05-18 17:55

Facebook Live Feed