news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बाँके बैशाख २ – नेपालगञ्ज उपमहानगरपालिकामा यही शुक्रवारदेखि एक हप्ताका लागि शैक्षिक संस्था बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको बिहीवार बसेको बैठकले एक हप्ताका लागि सबै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको उपमेयर उमा थापा मगरले जानकारी दिनुभयो ।

नेपालगञ्जमा काेभिड–१० सङ्क्रमण तीव्र गतिमा बढेपछि उपमहानगरपालिकाभित्रका विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

यसैबीच उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्न जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । 

यस्तै बैठकले भारतबाट आउनेहरूको सीमा नाकामा स्वास्थ्य तथा एन्टिजेन परीक्षणका लागि थप कडाइ गर्ने निर्णय गरेको छ । साथै माक्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनुगमनलाई पनि कडाइ गर्ने निर्णय गरेकाे छ ।  

माक्स नलगाइ कारोबार गर्ने पसल व्यवसाय कम्तीमा एक हप्ताका लागि बन्द गर्ने निर्णय पनि बैठकले गरेकाे छ । घरबाहिर माक्स नलगाइ हिँड्नेलाई कारबाही गर्न बैठकले माग गरेको छ ।  

ujayalo

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375942
Today
Yesterday
This Week
Last Week
This Month
All days
206
249
2893
1364765
7203
1375942

Your IP: 3.143.1.57
2024-05-18 19:56

Facebook Live Feed