news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, १९ बैशाख । पछिल्लो २४ घण्टामा पर्सा जिल्लामा १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

पर्सा जिल्लाका विभिन्न स्थानबाट संकलित १ सय ९२ जनाको थ्रोट स्वाबको नमुना परीक्षण गर्दा १ सय ४५ मा संक्रमण पुष्ठि भएको हो । बाराका २६ जना, रौतहटका ६ जना, सर्लाहीका ३ जना र महोत्तरीका १ जनामा संक्रमण देखिएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी  दिए । थपिएका संक्रमितमध्ये ३० जना महिला रहेका छन् ।

१८ वर्षदेखि ६८ वर्ष उमेरसमुहका संक्रमित थपिएको डा. दासले बताए । डा. दासका अनुसार उनिहरुको सिटि भ्यालु १४.५ देखि ३४.८ सम्म रहेको छ ।   पर्साको बहुदरामाई, छिपहरमाई, कालिकामाई, सखुवाप्रसौनी गाउँपालिका र अधिकांश संक्रमितहरु वीरगञ्ज महानगरपालिकाका रहेका छन् ।

 

यस्तै आइतवार बिहान १ जना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी ६८ वर्षीय वृद्धको मृत्यु भएको हो । २ दिन अगाडी पिसिआर रिपोर्ट पोजेटिभ आएका बृद्धलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो । गम्भिर किसिमको निमोनियासहित दीर्घ रोगिसमेत रहेको बृद्धको आइतवार बिहान १ बजे मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. दासले बताए ।

यसैगरी पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमित नारायणी अस्पतालमा भर्ना भएका छन् भने २ जनाको मृत्यु भएको छ । सोही अवधिमा ५ जना संक्रमित डिस्चार्ज भएका छन् भने १ जनालाई रिफर गरिएको नारायणी अस्पतालका चिकित्सक डा. सरोज सिँहले जानकारी दिए ।

हाल नारायणी अस्पतालमा ६३ जना सक्रिय संक्रमितको उपचार भइरहेको छ । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375909
Today
Yesterday
This Week
Last Week
This Month
All days
173
249
2860
1364765
7170
1375909

Your IP: 18.116.242.196
2024-05-18 18:34

Facebook Live Feed