news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

अभिमनु कुमार पटेल
रौतहट, २३ जेष्ठ । अति विपन्न ९ जना घर परिवारलाई राहत समाग्री सहयोग गरेको छ ।
कोरोना महामारीको दोस्रो लहरमा सबै नेपाली नागरिकहरुको दैनिकी जनजिवन प्रभावित भईरहेको अवस्थामा दैनिकी ज्यालादारी, असहाय, गरबि, मजदूर र एकल महिलाहरुलाई अप्ठयारो भईरहेको छ ।

बिश्व व्यापी तेजगतिमा दुई साल देखि फैलिएको कोरोना भाईरस रोगले पुरै ग्रसित बनेको कारण नेपाल पनि अछुतो रहेको छैन । हाल यसबर्षमा पनि देशभरि कोभिड १९ लाखौँलाख मानिसले ज्यान गुमाई सकेको छ भने अहिले धेरै जना अस्पतालको बेडमा जीवन र मृत्युसँग लडिरहेको अवस्थामा नेपाल सरकारले देशभरि लकडाउन घोषणा गरेसँगै गरिब, असहाय र ज्यालादारी गरी खाने परिवारलाई एक छाक खाना टार्न धौउधौउ भईरहेको छ ।
रौतहट जिल्लाको गौर नपा वडा नं २ महादेवपट्टि टोलमा बस्ने तेजनारायण पासवान दुसादको पत्नी सुतकेरी भएकी छिन । तेजनारायण पासवानको घरमा पनि यो लकडाउनबाट बन्चित रहेन । अहिलेको यस्तो कोभिड १९ को लकडाउनमा आफनो परिवारलाई राम्रोसँग एक छाक खाना खुवाउन नसकिरहेकोले रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा जिल्लाको युवा समाजसेवी पत्रकार अभिमनु कुमार पटेलले उहाँको पीडालाई आफनो समाजिक संजालमा पोष्ट गरेको थियो ।

सो पोष्टलाई हेर्ने बितिकै राजदेवी नपा वडा नं ९ ब्रहमपुरी निवासी हाल शिवम सिमेन्ट प्रा.लि.मा कार्यरत चन्दन सिंहले राहत सामाग्री खरिद गरि हस्तान्तरण गर्न जिम्मेवारी दिनुभएको थिए ।
समाजसेवी सिंह ज्यू मार्फत उपलब्ध गराइएको ५० केजी चामल २ बोरा, आलु ५ केजी, प्याज ५ केजी, नुन २ केजी, खानेतेल २ केजी, होर्लिस १ केजी, दाल २ केजी, नुहाउने साबुन ८ पिस, कपडा धुने साबुन ६ पिस, मास्क १ डिब्बा, सेनिटाईजर १ लिटर, धनिया, हल्दी, खुर्सानी र गरम मसला एक एक पाकेट उहाँको घरमै लगेर समाजसेवी पटेलले बुझाएको थियो ।
दोस्रो दिन ८ जना अति असहायको बारेमा राहतको लागि अपिल गर्दा फेरी युवा समाजसेवी चन्दन कुमार सिंहले राहतको लागि आफनो कदम अगाडी बढाए । आर्थिक सहयोग पर्सा जिल्लाको बिरगंज निवासी संजय कुमार गुप्ताले आफ्नो व्यक्तिगत तर्फबाट रकम उपलब्ध गराउनु भएको थियो ।
सो राहत राजदेवी नपा ९ ब्रहम्पुरी टोलमा बस्ने छोटेलाल राउत, अमिरीलाल महता, एकल बृद्ध महिला ६० बर्ष देखि माथी उमेरकी पंडित कुम्हाल, गणेश महराकी श्रीमती, गौर नपा वडा नं २ महादेवपट्टीको गरिब दलित अपाङ्ग अशक्त एकल महिला स्व.दिपा हजराको छोरा मोती हजरा, अपाङ्ग मंजय हजरा पासवान, एकल महिला स्व.दशैं महरा पासवानको श्रीमती फुलवा देवी भन्ने मिठुअवा वाली, र गौर नपा ७ सिसवामा बस्ने एकल महिला, पुनम देवी साहलाई समाजसेवी पटेलको अगुवाईमा राहत स्वरूप २५ केजी, चामल, २ केजी दाल, १ लि. खानेतेल, ५ केजी आलू, २ केजी प्याज, नुहाउने साबुन ८ पिस, कपडा धुने साबुन ६ पिस, मास्क १ डिब्बा, सेनिटाईजर १ लिटरको हिसाबले सबैलाई केहि दिनका लागि पुग्ने गरी सहयोग भएको तथा यो समाजिक कार्य गर्न सौभाग्य प्राप्त गराई दिनुहुनु भएका चन्दन सिंहप्रति धन्यवाद अर्पण समेत यरेका हुन ।

सो सामाग्री वितरणमा सहयोगी हात राजदेवी नपा ९ ब्रहमपुरी टोल निवासी श्री चन्द्रभुषण सिंह, गौर नपा २ निवासी संजय कुमार यादव, हनुमत कुमार यादव र आनन्द रंजन जयसवाल समेतको उपस्थिति थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375910
Today
Yesterday
This Week
Last Week
This Month
All days
174
249
2861
1364765
7171
1375910

Your IP: 18.116.242.196
2024-05-18 18:34

Facebook Live Feed