news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

 

१० साउन, काठमाडौं । भारतमा विशेषज्ञहरुले कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भन्दै बेलैमा सतर्कता अपनाउन सुझाव दिएका छन् ।

उनीहरुले मुलुकमा तेस्रो लहर आउने जोखिम भएको भन्दै कोरोनाका दैनिक संक्रमितको संख्या ५० हजारभन्दा कममा नै राख्न आवश्यक कदम चाल्न सरकारलाई सुझाव दिएका छन् । दैनिक नयाँ संक्रमितको संख्या ५० हजार नाघेको अवस्थामा संक्रमण नियन्त्रण गर्न कठिन हुने उनीहरुको बुझाइ छ ।

विशेषज्ञहरुले भारतमा नयाँ लहर आए दैनिक चारदेखि पाँचलाखसम्म नयाँ संक्रमित भेटिन सक्ने चेतावनी दिएका छन् । उनीहरुले त्यसका लागि सरकारले अहिलेदेखि नै तयारी थाल्नुपर्ने बताएका छन् । यसअघि नै विशेषज्ञहरुले तेस्रो लहर सेप्टेम्बर वा अक्टोबरसम्ममा आउन सक्ने बताइसकेका छन् ।

भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका ३९ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । लामो समयदेखि भारतमा कोरोनाका नयाँ संक्रमित दैनिक ४० हजारको हाराहारीमा देखिँदै आएका छन् ।

त्यस्तै भारतमा कोरोना संक्रमणको कारण पछिल्लो २४ घण्टामा ५३५ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ४ लाख २० हजार ५५१ पुगेको छ ।

onlinekhabar

 

 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1375925
Today
Yesterday
This Week
Last Week
This Month
All days
189
249
2876
1364765
7186
1375925

Your IP: 3.141.47.163
2024-05-18 19:05

Facebook Live Feed