news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज भाद्र २१ - उपभोक्ताहरुको गुनासोलाई मध्य नजर गर्दै आज मिति २०७७ साल भदौ २१ गते आईतबारका दिन वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय,

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीद्वारा वीरगंज महानगरपालिका स्थित पानगलि र रानिघाट रहेका विभिन्न खाद्यन्न तथा किराना पसलहरुलाई अनुगमन गरिएकोमा मूल्य सूची नराखेको तथा खरिद र बिक्री विल उपलब्ध गराउन नसके र म्याद गुज्रेका समानहरु संचित गरी राखेको, तपशिल बमोजिमका पसलहरुलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा २८ बमोजिमको जरिवाना गरिएको तथा खाद्य बस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धि नगरी विक्रि वितरण गर्ने भनी निर्देशन दिईएको । यदी त्यस्तो गरेको पाईकोमा कानून बमोजिम कारवाही हुने सबैमा सूचित गरिन्छ ।
तपशिल
१. सुमित्रा ट्रेडर्स एन्ड सप्लायर्स- पानगली – जरिवाना रकम रु. ५०,००० (पचास हजार)
२. न्यू संतोष जेनरल स्टोर- पानगली- जरिवाना रकम रु. २०,००० (विस हजार)
३. जय पान पसल सेन्टर- पानगली- जरिवाना रकम रु. २०,००० (विस हजार)
४. न्यू हरिओम किराना पसल-रानीघाट- जरिवाना रकम रु. २०,००० (विस हजार)
५. म्याद गुज्रेको ७ बोतल फेन्टा लगायतका पेय पदार्थहरु नष्ट गरिएको ।
(कोरोना महामारीको विषम परिस्थितिमा कहि कतै कुनै वस्तुहरुको कालोबाजारी तथा मूल्य बृद्धी गरी विक्री वितरण गरेको देख्नु भएमा आवश्यक प्रमाण सहित यस कार्यालयको ईमेल This email address is being protected from spambots. You need JavaScript enabled to view it. उजुरी गर्नु हुन सबैमा अनुरोध छ ।)

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505600
Today
Yesterday
This Week
Last Week
This Month
All days
43
1607
4473
1494645
5955
1505600

Your IP: 3.144.124.77
2025-05-10 01:36

Facebook Live Feed