news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगंज, पुष २३ – पर्सा क्षेत्र नं। १ बाट निर्वाचित सांसद प्रदिप यादवले आफ्नो क्षेत्रभित्र फुसको घरपरिवारलाई छाना दिने निर्णय गरेका छन् ।

सघन शहरी तथा भवन निर्माण योजना अन्तर्गत सुरक्षित नागरिक आवास कार्यक्रमको आजको बैठकबाट क्षेत्र नं। १ भित्र पर्ने ५०० फुस (पराल) का घर परिवारहरुलाई छाना लगाउने निर्णय गरिएको छ ।

सुरक्षित नागरिक आवास कार्यक्रमका संयोजक समेत रहेका सांसद प्रदीप यादवले क्षेत्र नं। १ भित्र कुनै फुस घर भएका परिवार बिना छानाको नरहने प्रतिवद्धता सहित उक्त घरपरिवारलाई छाना दिने उदेश्यले पहिलो चरणको बैठकबाट ५०० घरपरिवारलाई छाना दिने निर्णय गरेका छन् ।

सुरक्षित नागरिक आवास कार्यक्रमको अन्तर्गत ५०० प्रतेक परिवारलाई टहरा र छाना बनाउन रु।५०,००० (पचास हजार) किस्ता गरि पहिलो किस्ता मा रु।३०,००० र कार्य प्रगति हेरी दोस्रो किस्ता मा रु।२०,००० बैंक मार्फत भुक्तानी गरिने योजनाका ईन्जिनियर एंव समितिका सचिव एंव सदस्य धीरेंद्र यादवले जानकारी गराएका हुन् ।

समाजवादी पार्टीका प्रभावशाली नेता समेत रहेका सांसद यादवले क्षेत्रका असहाय र गरिब परिवारले सुख, शान्तिपूर्व सहज रुपमा जीवन यापन गर्न सक्ने गरी पिडित र असहायले पनि व्यवस्थित र सुरक्षित घर पाउँन भने उदेश्यले घर जुटाई क्षेत्रको विकास र समृद्धि हुने कार्यमा अहोरात्र खटिरहेको बताएका हुन ।

जिल्ला समन्वय समिति पर्साको सभा हलमा सांसद यादवको अध्यक्षतामा बसेको समितिको बैठकमा जिल्ला समन्वय समितिका सभापति नेक महमद अंसारी वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, सघन शहरी तथा भवन निर्माण योजनाका ईन्जिनियर एंव समितिका सचिव एंव सदस्य धीरेंद्र यादव लगायतको उपस्थितमा सांसद यादवले सो निर्णय गरेका हुन ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1512415
Today
Yesterday
This Week
Last Week
This Month
All days
173
1544
1781
1501303
12770
1512415

Your IP: 3.142.99.115
2025-05-20 18:33

Facebook Live Feed