news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

दिपक चौरसिया
वीरगंज २९ भदौ, वडा प्रहरी कार्यालय श्रीपुर वीरगंजले ९ सय ५० लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले भदौ २८ गतेका दिन बीरगंज महानगरपालिका वडा न.२३ प्रसौनिबिर्ता पुग्दा केही मानिसहरुले बीरगंजको बिभिन्न स्थानमा ल्याई बिक्री बितरण गर्ने उद्देश्यले लिएर आईरहेको क्रममा पक्राउ गरिएको वडा प्रहरी कार्यालय श्रीपुरले जनजाएको छ । बरामद गरिएको घरेलु मदिरा स्थानिय वासीन्दा, जनप्रतिनिधिको रोहबरमा आज नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक दिपक साहले बताए । त्यसैगरी भारतबाट नेपाल तथा नेपाल बाट भारत तर्फ चोरी निकासी गर्न लागेको विभिन्न सामाग्रीहरु बरामद गरी भन्सार चलान गरेको छ । विभिन्न मिति र समयहरुमा मटर २५ किलोको दरले २० बोरा, खाने तेल ३६ लिटर, डालडा १५ लिटर, साबुदाना ३० किलो, सेम्पु १ कार्टुन, राजनिवास १ बोरा, सर्फ १५ किलो लगायत हार्डवेयरको सामग्रीहरु बरामद गरी आजै वीरगंज भन्सार कार्यालय चलान गरेको प्रहरी निरिक्षक साहले बताए । सो सामग्रीको मुल्य १ लाख रुपैया बराबरको रहेको वडा प्रहरी कार्यालय श्रीपुरले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505638
Today
Yesterday
This Week
Last Week
This Month
All days
81
1607
4511
1494645
5993
1505638

Your IP: 3.14.7.99
2025-05-10 02:52

Facebook Live Feed