news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

पर्सा मंसिर १८, २०८०– पर्साको वीरगञ्जमा रहेकाे सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयबाट ११ कार्टुन सुकमेल चोरी भएको छ । काठमाण्डाैमा रहेकाे पशुपति एक्जिम प्रालिले दक्षिण अमेरिकाको ग्वाटेमालाबाट खरिद गरी ल्याएको २० फुटे आठ वटा कन्टेनरमध्ये दुई वटा कन्टेनरको सिल टुटाएर ११ कार्टुन सुकमेल चोरी भएको हो ।  

गएकाे अक्टोबर १९ तारिखमा दुबई हुँदै विशाखापट्टनम बन्दरगाह भएर एक्सप्रेस–वे कन्टेन कम्पनीका आठ वटा कन्टेनरमा खरिद गरी ल्याएको दुई सय कार्टुन सुकमेलमध्ये कन्टेनर नम्बर ईएससीयू २००२२०६ र ईएससीयू २००२२४८ को सिल हटाएर ११ कार्टुन सुकमेल चोरी भएको आयातकर्ता कम्पनीका वीरगञ्जमा रहेका प्रतिनिधि मधु बरालले जानकारी दिनुभयो । 

उहाँका अनुसार चोरी भएको ११ कार्टुनमा प्रतिकार्टुन ४० किलोका दरले चार सय ४० किलो सुकमेल रहेको थियो । चोरी भएको सुकमेलको मूल्य अन्दाजी १३ लाख ४२ हजार रुपैयाँ रहेको उहाँको  भनाइ थियो । सुक्खा बन्दरगाह भन्सार सञ्चालन गर्ने प्रिस्टिन भ्याली ड्राइपोर्ट प्रालिका कामदारकै मिलोमतोमा सुकमेल चोरी भएकाले छानबिन गरी क्षतिपूर्ति उपलब्ध गराउन माग गरिएको प्रतिनिधि बरालले जानकारी गराउनुभयो ।

सुकमेल जाँचपास गर्न २० प्रतिशत भन्सार महसुल, १० प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर गरी ४३ प्रतिशत अर्थात् ८० लाख रुपैयाँ राजस्व तिर्नुपर्नेमा आयातकर्तासँग रकम अभाव भएपछि विगत दुई महिनादेखि जाँचपासका लागि त्याे कन्टेनर सिर्सिया सुक्खा बन्दरगाह भन्सार कार्यालयमा अड्किएको थियो ।    कार्यालयका प्रमुख रामप्रसाद मैनालीले कन्टेनरको सुकमेल चाेरी घटनाबारे अनुसन्धान भइरहेको र पछि थप विवरण उपलब्ध गराउने बताउनुभयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505503
Today
Yesterday
This Week
Last Week
This Month
All days
1553
317
4376
1494645
5858
1505503

Your IP: 3.23.86.150
2025-05-09 16:39

Facebook Live Feed