news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज ६ बैशाख । नारायणी अस्पतालको प्रयोगशालामा रहेको किलिया मेसिन सुटुक्क साटिएको पुष्टि भएको छ । थाइराइड परीक्षण गर्ने किलिया मेसिन मर्मतका लागि अस्पतालले वैशाख १७ गते मात्र हस्पिटेक इन्टरप्राइजेजलाई पत्राचार गरेको पाइएको छ । जबकि चैत पहिलो सातानै पुरानो किलिया मेसिन प्रयोगशालाबाट साटिएको थियो ।


महँगो मेगुल्मी ८०० किलिया मेसिनको ठाउँमा सस्तो जिसेन सिआइए ६०० किलिया एनालाइजर प्रयोगशलामा राखिएको थियो । निमिक्त मेडिकल सुपरिटेन्डेन्ट डा.एनामुल हकले सुरुमा किलिया मेसिन नसाटिएको दाबी गरेका थिए ।
सामाचार प्रकाशित भएपछि मेसु हकले वैशाख ३ मा अस्पतालको सभाकक्षमा पत्रकार सम्मेलन आयोजन गरि किलिया मेसिन मर्मतका लागि पठाइएको दाबी गरेका थिए । करिब २२ लाख पचास हजार रुपैयाँ मूल्यको मेगुल्मी ८०० किलिया मेसिनको सट्टा साढे चार लाख रुपैयाँ मूल्य बराबरको जिसेन सिआइए ६०० किलिया एनालाइजर मेसिन अस्पतालको प्रयोगशालामा राखिएको थियो ।
सामाचार उजागर भएपछि वैशाख ६ गते साँझको समयमा पुरानो किलिया मेसिन ल्याएर प्रयोगशालामा राखियो । सस्तो किलिया मेसिन लगियो । ‘मर्मतकै लागि लगिएको थियो भने किन विना मर्मत किलिया मेसिन ल्याइयो,’ प्रयोगशालाका एक कर्मचारी भन्छन, ‘मर्मतका लागि पठाउँदा कुनै पत्रसमेत लेखिएको थिएन यो समाचार आजको कान्तिपुर दैनिकमा भूषण यादवले लेखेका छन् ।वैशाख १७ मा मात्र मेडिकल सुपरिटेन्डेन्टले किलिया मेसिन मर्मतको सम्बन्धमा पत्राचार गरेको पाइएको छ । प्रशासनमा यसअघि किलिया मेसिन मर्मतको सम्बन्धमा पत्राचार गरेको कुनै विवरण छैन ।
काठमाडौँको हस्पिटेक इन्टरप्राइजेजको नाममा लेखिएको पत्रमा ‘यस अस्पतालको प्रयोगशाला विभागमा रहेको मेगुल्मी ८०० मेसिन, ८० केभिए सिटी स्क्यान मेसिनको युपिएस र सिटी स्क्यान रिपोर्टिङ गने कम्प्युटरको सफ्टवेयर हाल काम नगरिरहेका अवस्थामा भएको हुँदा सेवा प्रवाहमा समस्या आइरहेकोले सो मेसिनहरू मर्मतमा लाग्ने आवश्यक खर्चको अनुमानित लागत इष्टिमेट तथा आवश्यक मर्मत गरी दिनुहुन अनुरोध छ,’ उल्लेख छ ।
मेसु हकले पहिले सप्लायर्सलाई नै मर्मतका लागि पठाइएकाले पत्र नलेखिएको बताउँछन् । मेगुल्मी ८०० किलिया मेसिनका एकमात्र सुपर डिलर सुदीप इन्टरनेसनलका सञ्चालक भक्त हमालले नारायणी अस्पतालको मेसिन बिग्रिएको बारे आफूलाई हालसम्म कुनै जानकारी नआएको दाबी गरेका छन् । ‘हाम्रा प्राविधिकले देशैभरि सेवा प्रदान गर्ने गरेका छन्,’ हमालले भने, ‘नारायणी अस्पतालको किलिया मेसिन बिग्रिएको जानकारी आएको छैन् । मेगुल्मी ८०० किलिया मेसिन मर्मत गर्ने प्राविधिक हामीसँग मात्र छन्, अरूले मर्मत गर्दा हामीसँग सम्पर्क गर्छन् ।’

अनुज सप्लायर्स हेटौंडाको फर्ममा वीरगन्जको सिटी सर्जिकलका सञ्चालक दीपक अग्रवालले किलिया मेसिन नारायणी अस्पताललाई सप्लाई गरेका थिए । आधिकारिक सप्लायर्सलाई मर्मत गर्न दिनुपर्नेमा कमिशनको प्रलोभनमा अन्य कम्पनीलाई मर्मतका लागि पत्र पठाइएको कर्मचारीले आरोप लगाएका छन् । सप्लायर्स, ल्याब इन्जार्ज र मेसुको मिलेमतोमा मेसिन साटिएको सम्बद्ध स्रोतको दाबी छ । गत पुस अन्तिम सातादेखि पुरानो किलिया मेसिन बिग्रिएको थियो ।
मेसिन बिग्रिँदा दुई महिनासम्म सेवा ठप्प थियो । कर्मचारीका अनुसार सातौँ तहको ल्याब टेक्नोलोजिस्टले चलाउनुपर्ने किलिया मेसिन पाँचौँ तहको ल्याब टेक्निसियनले चलाएपछि किलिया मेसिन बिग्रिएको थियो । नेपाल सरकारको सातौँ तहका कर्मचारी हिराबाबु पाण्डे अस्पतालको प्रयोगशालामा विगत साढे चार वर्षदेखि कार्यरत रहे पनि करिब १० महिना अगाडि ल्याब टेक्निसियन पदमा नियुक्त भएका पाँचौँ तहका सचिन्द्र यादव प्रयोगशाला प्रमुख बनाइएका छन् ।
उक्त पदमा दरबन्दी नहुँदा पनि निमिक्त मेसु डा.हकले दैनिक ज्यालादारीमा बिनाप्रतिस्पर्धा यादवलाई नियुक्त गरी प्रयोगशलाको प्रमुख बनाएका हुन् । गत वैशाख ११ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले अस्पतालमा छापामारी विभिन्न कागजात नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

yatradaily.com

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505707
Today
Yesterday
This Week
Last Week
This Month
All days
150
1607
4580
1494645
6062
1505707

Your IP: 3.12.149.192
2025-05-10 03:58

Facebook Live Feed