news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २५  श्रावन । उपचारको आभावमा विरामीहरुको मृत्यु भएको भन्दै वीरगञ्जका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन् । वीरगञ्जका स्थानीयहरुले निषेधाज्ञालाई तोडेर नारायणी अस्पताल अगाडी चर्को नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।

विरोध क्रममा प्रदर्शनकारीहरुले नारायणी अस्पतालमा तोडफोड समेत गरेका छन् । प्रदर्शनकारीहरुले नारायणी अस्पताल भित्र रहेको एउटा गाडी र सेनीटाइजेसन बुथमा तोडफोड गरेका छन् । गाडीको पछाडी भागमा पर्ने सिसा फुटेर चक्नाचुर भएको छ ।

प्रदर्शनकारीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी र नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट विरुद्ध चर्का नाराबाजी समेत गरेका थिए । वीरगञ्जका निजि अस्पतालहरुले विरामीको उपचार नगरेको कारण मृत्यु हुँदा समेत स्थानीय प्रशासनले कुनै कारवाही गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् ।जिल्लामा सृजत विषम परिस्थितिमा समेत् सङ्कट समाधान तर्फ प्रशासनले कुनै चाँसो नदेखाएपछि स्थानियहरुले असन्तोष पोखेका हुन् । त्यसैगरि नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले समेत कोरोना चेकजाँचमा लापरवाही गर्दा समुदायमा कोरोना फैलेको प्रदर्शनकारीको आरोप छ ।

वीरगञ्जमा सञ्चालित दर्जनभन्दा बढी निजि अस्पतालहरुले सामान्य ज्वरो र रुघाखोकी लागेका विरामीहरुलाई समेत भर्ना नगर्दा पछिल्लो तिन दिनमा ३ व्यक्तिले ज्यान गुमाएका छन् भने कयौं आफ्नो घरभित्रै उपचार गराउन बाध्य छन् ।

आफ्नो बुवालाई यहाँका निजि अस्पतालहरुले भर्ना नलिंदा घरमै अक्सिजन सपोर्टमा राखेर उपचार गर्न आफुहरु बाध्य भएको वीरगञ्ज महानगरपालिका वडा नं. १३ निवासी रञ्जन मिश्रा बताए । ‘हुनेखानेहरुले कोरोना शक्ति र बलबुताको भरमा कोरोना पोजेटिभ रिपोर्टलाई समेत नेगेटिभ बनाएर हेलिक्पटर चार्टर गर्दै काठमाडौँ उपचारका लागि जान मिल्ने तर हामीले यहीका अस्पतालमा समेत उपचार नपाउने? भन्दै मिश्रा उनले प्रश्न गरे’

सरकारी अस्पताल नारायणीले समेत विरामी फर्काउन थालेपछि यहाँ मानिसहरुको उपचार अभावमा मृत्युको घटना बढेको छ । भारी मात्रामा प्रहरी परिचालनगरी प्रदर्शनकारीहरुलाई नियन्त्रणको लिइएको थियो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514481
Today
Yesterday
This Week
Last Week
This Month
All days
635
573
3847
1501303
14836
1514481

Your IP: 216.73.216.67
2025-05-25 23:19

Facebook Live Feed