news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २६ श्रावन । पर्सामा २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको पिसिआर प्रयोशालाले सोमबार सार्वजनिक गरेको विवरण अनुसार ६ महिलासहित २२ जना नयाँ कोरोना सङ्क्रमित थपिएका हुन् ।

सोमबार थपिएका सङ्क्रमितहरुको उमेर समुह १८ वर्षदेखि ५० वर्ष रहेको छ । थपिएका सङ्क्रमित मध्ये केहि कन्ट्याक्ट ट्रेसिङमा परेका, केहि मास ट्रेसिङमा परेका र केहि स्वेच्छाले आफ्नो पिसिआर परिक्षण गराएका समेत रहेका नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए ।

उनले पर्सा र बाराका गरी सोमबार पुष्टि भएका सङ्क्रमित मध्ये केहि वडा अध्यक्ष, चिकित्सक, स्वास्थ्यकर्मी, उद्योगमा कार्यरत कामदार समेत रहेको जनाए ।

थपिएका सङ्क्रमितमा पोखरीया नगरपालिकास्थित पोखरिया अस्त्पालमा कार्यरत एक २५ वर्षीय चिक्तिसक रहेका छन् भने २२ र २३ वर्षका दुई जना अन्य स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएका छन् । त्यसैगरी बारा जिल्ला घर भइ नारायणी अस्पतालमा मेडिकल वार्डमा कार्यरत २० वर्षीय महिला स्वास्थ्यकर्मी पनि सङ्क्रमित भएकी छन् ।

पोखरीया नगरपालिका वडा नं १ का वडा अध्यक्ष बंका राउत कुर्मीलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा सङ्कलन गरिएको विभिन्न व्यक्तिको स्वाब परिक्षण गर्दा चार जनामा सङ्क्रमण पुष्टि भएको छ । उनिहरु २२, २६, २९, ३५ वर्षिय गरी चार जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्लाक जितपुरसिमरा उपमहानगरपालिकास्थित औषधि उद्योग म्यागनस फर्माका कार्यरत तिन कर्मचारीलाई पनि कोरोना सङ्क्रमण भएको । उद्योगमा ३६ र ४० वर्षका पुरुष र ४८ वर्षकी महिला गरी ३ मजदुरमा सङ्क्रमित भएका हुन् ।

वीरगञ्ज महानगरपालि वडा नं. २  छपकैयाँ एक जना ३० वर्षीय पुरुष, वडा नं. ११ श्रीपुरका १८, २२ र २७ वर्षीय पुरुष र एक ५० वर्षीय महिलागरी ४ जना , वडा नं. १२  का ३५ वर्षीय पुरुष, वडा नं. १६ नगवाका ५० वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

पर्सामा मात्रै सङ्क्रमितहरुको संख्या १ हजार भन्दा माथि काटेको छ । आज थपिएका २५ सङ्क्रमितलाई मिलाएर पर्सामा अब १ हजार ४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको तथ्याङ्कले देखाएको छ । त्यसैगरी हालसम्म पर्साका विभिन्न अस्पतालमा २२ जनाले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । सङ्क्रमणबाट मृत्यु हुनेमा दुई जना भारतीय, एक जना वेवारिसेसमेत छन् । श्रावनयता मात्रै पर्सामा १८ जनाको सङ्क्रमणबाट मृत्यु भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514458
Today
Yesterday
This Week
Last Week
This Month
All days
612
573
3824
1501303
14813
1514458

Your IP: 216.73.216.82
2025-05-25 21:56

Facebook Live Feed