news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज २४ भदौं । स्वर्गीय विश्वेश्वर प्रसाद कोइरालाको १०७ औं जन्म जयन्तिको अवसरमा नेपाल विद्यार्थी संघ ठाकुरराम बहुमुखी क्याम्पस एकाई समितिले विपीको स्मृतिमा फूलमाला अर्पण गर्दै वृक्षारोपण गरेको छ ।

संघद्वारा ठाकुरराम बहुमुखी क्याम्पस वीरगञ्जको प्राङ्गणमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेस र सङ्घसँग आबद्ध नेताहरुले विपीको तस्विरमा फूलमाला अर्पण गरेर उनको स्मृति गरेका थिए । स्मृति पश्चात क्याम्पसको विभिन्न स्थानहरुमा वृक्षारोपण समेत गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेसका नेता एवम् संविधानसभा सदस्य अनिल रङ्गटाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्वान्तलाई आत्मसात गरी आफ्नो राजनीतिक यात्रामा राष्ट्रिय मेलमिलापको नीतिलाई सर्वोपरी मानेका विपीको योगदान वर्तमानमा पनि उत्तिकै महत्वपूर्ण रहेको बताएका थिए ।

कार्यक्रममा पर्साका काेषाध्यक्ष ईम्तियाज आलम, नेता रामनारायण कुर्मी, महाअधिवेसन प्रतिनिधि असाेक गुप्ता, नेपाली कांग्रेसका पुर्व नगर अध्यक्ष महाेमद साहबुदिन, पुर्व क्यामपस प्रमुख प्रमाेद कुश्वाह, उप प्रध्याप्क दिपेन्द्र यादव, पुर्व सहायक क्याम्पस प्रमुख राेसन लामिछाने, प्रध्यापक कनहैया झा, जिपि फाउण्डेसनका सचिव मनाेहर साह, नेविसंघ पर्साका पुर्व अध्यक्ष राकेश यादव, नेता मनाेज पटेल, नेविसंघ पर्साका सभापति विकास तिवारी, केसव मिश्रा, बावुनन्द पटेल, अञ्जन गुप्ता, राहुल शर्मा, विट्टू पटेल, रवि साह, श्रीराम सर्राफलगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण नेविसंघ ठाराब एकाइ समितिका अध्यक्ष मनोजकुमार साहले गरेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1505619
Today
Yesterday
This Week
Last Week
This Month
All days
62
1607
4492
1494645
5974
1505619

Your IP: 3.129.217.27
2025-05-10 02:11

Facebook Live Feed