news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज माघ २८- दिप हेल्थ क्लिनिक र जय नेपाल प्याथोलोजी सेन्टरको आयोजनामा वीरगञ्जमा बृहत  स्वास्थ्य शिविर आयोजना हुनलागेको छ । 

यही फाल्गुन १ गते शनिवारको दिन बिहान ७ बजेदेखी वीरगञ्जस्थित घडिअर्वा पोखरी परिसरमा  देशका विभिन्न विशेषज्ञ चिकित्सकद्वारा शिविर हुन लागेको हो । 

बालरोग विशेषज्ञ डा. आनन्द कुमार झा, जेनरल फिजिसियन डा. उदयनारायण सिँह, स्त्री रोग विशेषज्ञ डा. निलम चौरसिया, हाडजोर्नी रोग विशेषज्ञ डा. दिलिप चौरसियालगायतका १८ जना विशेषज्ञ चिकित्सकद्वारा शिविरमा परिक्षण गरिने आयोजकले जनाएको छ । 

वीरगञ्जमै पहिलोपटक यति धेरै चिकित्सकहरुको उपस्थितीमा शिविर हुन लागेको आयोजकको दाबी छ । 

शिविरमा नि:शुल्क लैव परिक्षणको समेत सुविधा रहेको छ । 

आँखा, दाँत, छाला, नशा, हाडजोर्नी लगायतका रोगहरुको परिक्षण गर्नुका साथै औषधि समेत वितरण गरिने छ । सम्पुर्ण रोगहरुको एकैठाउँमा चेकजाच गरिने हुँदा शिविरमा सहभागी भएर मौकाको फाइदा उठाउन पनि आयोजकले आग्रह गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514043
Today
Yesterday
This Week
Last Week
This Month
All days
197
573
3409
1501303
14398
1514043

Your IP: 216.73.216.157
2025-05-25 09:16

Facebook Live Feed