news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

३० माघ, काठमाडौं । सरकारले २३ फागुनदेखि आम सार्वसाधारणलाई कोरोना खोप दिने तयारी गरेको छ ।

भारतले १० लाख डोज खोप अनुदान दिएपछि १४ माघदेखि खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी लगायत ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप लगाउने सरकारको लक्ष्य थियो । तर ११ दिनको अभियानमा देशभर एक लाख ८४ हजार ८ सय ५७ जनाले मात्र खोप लगाए ।

२६ माघदेखि ३० माघसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई खोप दिइयो भने २ फागुनदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा जुटेकाहरुलाई कोरोना खोप दिइनेछ । यसका लागि स्थानीय पालिकासम्मै खोप केन्द्रहरु तय हुनसक्ने बताइएको छ ।

जबकी सरकार आफैंले बनाएको प्राथमिकता सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक थिए । जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगी पर्नुपर्ने बताउँदै आएका छन् ।

खोप वितरणको प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतका खोप महाशाखाको प्रमुख डा. झलक गौतम बताउँछन् । ‘खोप धेरै उपलब्ध भएको भए पहिले वृद्धवृद्धा र दीर्घरोगीलाई नै दिन्थ्यौं । सीमित खोप लिएर समुदायमा जान नमिलेकाले यस्तो निर्णय गरेका हौँ’ डा. गौतमले अनलाइनखबरसँग भने, ‘उपलब्ध खोप सेवा प्रदायक क्षेत्रमा दिँदा त्यहाँको सेवा सुचारु भइराख्छ भनेर यो निर्णय गरेका हौं ।’

अब थप खोप आउन निश्चित जस्तै भएको भन्दै समुदायमा जाने योजना बनाइएको छ । फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए । ‘खोप आउने सुनिश्चितता भएकाले यस्तो तयारी गरेको हौं’ उनले भने, ‘हामी अन्तिम चरणको तयारीमा छौं ।’

स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाका प्रमुख डा. भीम सिंह तिंकरीका अनुसार खोप खरिद प्रक्रिया अन्तिम चरणमा पुगको बताउँछन् । ‘योजना अनुसार काम भयो भने हामीसँग भएको खोप नसकिँदै थप आउँछ’ उनले भने, ‘खोप आयातका लागि एकाध प्रशासनिक विषय मिलाउदैछौं ।’

मन्त्रालयका स्रोत अनुसार भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा आउन लागेको छ । पहिलो चरणमा २० लाख डोज खोप ल्याउन कम्पनीका प्रतिनिधिसँग कुराकानी भइरहेको छ । ‘योजनाअनुसार काम भयो भने एक साताभित्रै खोप आउनसक्छ’ मन्त्रालय स्रोतले भन्यो ।

यसका साथै कोभ्याक्समार्फत पनि फेब्रुअरी अन्तिमसम्म कोरोना खोप आइपुग्ने अपेक्षा छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514034
Today
Yesterday
This Week
Last Week
This Month
All days
188
573
3400
1501303
14389
1514034

Your IP: 216.73.216.17
2025-05-25 08:45

Facebook Live Feed