news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज  ७ फाल्गुन—  प्रदेश २ सरकारले पारित गरेको दलित सशक्तिकरण ऐन कार्यान्वयनका अवस्था, चुनौती र अवसर विषयक जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ ।

दलित सरोकार मञ्च कञ्चनरुप नगरपालिका सप्तरीको आयोजना र राष्ट्रिय दलित पत्रकार संघ पर्साको समन्वयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । प्रदेश सरकारले ऐन पारित गरेको १४ महिना भइसकेपछि बिहिवार बल्ल दलित विकास समितिमा पदाधिकारी नियुक्त गरेको छ ।

ऐन बनेपनि कार्यन्वयन नहुँदा दलित समुदायको उत्थान र उन्नती नभएको र पाउनुपर्ने सेवा तथा सुविधाबाट बञ्चित भएको भन्दै कार्यन्वयन गराउन दबाबस्वरुप प्रदेश २ का आठवटै जिल्लाहरुमा गर्ने कार्यक्रमअन्र्तगत आज पर्सामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको मञ्चका अध्यक्ष भोला पासवानले बताउनुभयो ।

अध्यक्ष पासवानकै सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य प्रहलाद गिरीले समाजबाट थर बहिष्कार अभियान चलाउनुपर्ने धारणा राख्नुभयो । थरकै कारण मानिसहरुमा विभेदीकरणको मनोभाव उत्पन्न हुने भएकाले थर बहिष्कार अभियान सञ्चालन गरी समानताको बाटोतर्फ अग्रसर हुनुपर्ने उहाँको जोड थियो ।

कार्यक्रममा दलित कानुन व्यावसायी प्रेमशंकर हजारी, राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, दलित अगुवा अशोक राउत, बुनेल राम, रबीभुषण राम, दलित महिला संघ पर्साकी अधयक्ष निला राम, धिरज पासवान, शम्भु पासवान लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सहजिकरण सञ्चारकर्मी बृजलाल पासवानले गर्नुभएको थियो । कार्यक्रममा सहभागी दलित अगुवा तथा सञ्चारकर्मीहरुले प्रदेश २ सहित पर्सा जिल्लामा दलित समुदायको अवस्थाका बारेमा जिज्ञासा राखेका थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514137
Today
Yesterday
This Week
Last Week
This Month
All days
291
573
3503
1501303
14492
1514137

Your IP: 216.73.216.50
2025-05-25 10:03

Facebook Live Feed