news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, २२ चैत । नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय दलित पत्रकार संघ जिल्ला कार्यसमिति पर्साले नेपाल पत्रकार महासंघ पर्सा शाखाको ध्यानाकर्षण गराएको छ ।

महासंघको दलित कोटाको सदस्यतामा कुनै किसिमको राजनितिक हस्तक्षेप नगर्ने, खुल्ला कोटामा पनि दलित पत्रकारको उपस्थिती सुनिश्चित गर्नुपर्ने र निर्वाचनमा सकेसम्म सहमति र सहकार्यमा अगाडी बढ्नुपर्ने मागसहित दलित पत्रकार संघ पर्साले महासंघ पर्सा शाखाका सभापति श्याम बन्जारालाई ध्यानाकर्षण पत्र बुझाएको हो । 

उपेक्षामा परेका समुदायबाट राज्यको चौथो अङ्ग पत्रकारितामा पनि सहभागिता बढाउने र दलित समुदायको हक तथा अधिकारको लागी सञ्चार माध्यममार्फत सशक्त रुपमा आवाज उठाउने दलित पत्रकार संघको उद्देश्यमा पत्रकार महासंघले पनि सहयोग र सहकार्य गर्न पनि ध्यानाकर्षण पत्रमार्फत आग्रह गरिएको छ । 

राष्ट्रिय दलित पत्रकार संघ पर्साका अध्यक्ष श्याम पासवान, उपाध्यक्षसुरेश बादल  (पासवान), सचिब सूर्यनारायण वि.क. सदस्य सुभाष राम लगायतले पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जारा, उपाध्यक्ष अनुप तिवारी, कोषाध्यक्ष भुषण यादव, पत्रकार प्रताप श्रेष्ठ, तुलसी भण्डारी लगायतको उपस्थितीमा ध्यानाकर्षण पत्र बुझाइएको हो ।  

पत्र बुझ्दै महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले संघका मागप्रति सकरात्मक रहेको बताउँदै दलितबाट १ जनालाई जसरी पनि प्रतिनिधित्व गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । साथै दलित पत्रकारहरुको क्षमता अभिबृद्धि तथा व्यक्तित्व विकास लगायतका क्षेत्रमा पनि संवाद, सहकार्य र सहमति गरेर अगाडी बढ्ने विश्वास दिलाए । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1514036
Today
Yesterday
This Week
Last Week
This Month
All days
190
573
3402
1501303
14391
1514036

Your IP: 216.73.216.49
2025-05-25 08:50

Facebook Live Feed