news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

file photo

वीरगज, १६ बैशाख । निषेधाज्ञाको अघिल्लो दिन उपभोक्तालाई ठगी गर्ने ३ व्यापारीलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले कारवाही गरेको छ ।

नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण व्यापक रुपमा फैलिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञाको अघिल्लो दिन नै उपभोक्ता ठग्ने गरेको पाइएको हो । कार्यालयको बजार अनुगमन टोलीले वीरगञ्जको बजारमा छापा मारेर ३ व्यापारीलाई कारवाही गरेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ स्थित नमन किराना गल्ला भण्डारले मुल्य सूची नराखी कारोवार गरेको भन्दै ५० हजार रुपैया जरिवाता तिराइएको कार्यालयका सूचना अधिकारी दिलिप खङ्खत्वेले जानकारी दिए ।

 

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १० स्थित रक्षा भण्डार र वडा नम्बर ९ स्थित महादुर्गा एण्ड पुनम बस्त्रालयलले खरिद बिल नदेखाएको भन्दै १०÷१० हजार रुपैया जरिवाना तिराइएको हो । सूचना अधिकारी खङ्खत्वेका अनुसार तिनवटै पसलेलाई गरी ७० हजार रुपैया जरिवाना गरिएको हो ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जका निमित्त कार्यलय प्रमुख जीतबहादुर भण्डारीको नेतृत्वमा खटिएको बजार अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यलय पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा, वीरगन्ज उद्योग वाणिज्य सँघ लगायतका प्रतिनिधिको पनि सहभागीता रहेको थियो । 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513904
Today
Yesterday
This Week
Last Week
This Month
All days
58
573
3270
1501303
14259
1513904

Your IP: 216.73.216.42
2025-05-25 03:51

Facebook Live Feed