news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

काठमाडौं बैशाख २८ शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् । बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष भण्डारी र भारतिय नागरिक जगदीश प्रसाद रानासरिया लाई महाशाखाले पक्राउ गरेको छ । 

बास्तबिक मूल्यभन्दा धेरै मुल्यमा बेच्न खोजेको अवस्थामा ७ सय ६५ थान अक्सिमिटर बरामद गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । कोभिड–१९ को दोस्रो संक्रमण अत्यधिक बढेको अवस्थामा अक्सिमिटरको माग बढेको छ । महाशाखाले काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी, औषधी व्यवस्था विभाग तथा वाणिज्य विभागका प्रतिनिधीको रोहवरमा अक्सिमिटर बरामद गरेको छ ।

अपराध महाशाखाका डिएसपी दुर्गा रेग्मी नेतृत्वको टोलीले कुलेश्वर, थापाथली र ग्वार्को लगायतका ठाउँबाट आरोपीहरुलाई पक्राउ गरेको हो । पक्राउ गरिएकाहरुलाई कालोबजारी ऐन अन्तर्गत मुद्दा चलाइने एसएसपी खापुङले बताए ।

आहा इन्डष्ट्रिज प्रा.लिमा काम गर्ने मोरङ घर भएका ४४ वर्षीय विशाल आचार्यले चिनबाट मास्कको तुनामा लुकाएर सो अक्सिमिटर काठमाडौं ल्याएको प्रहरीलाई बताएका छन् ।

न्युरोडको डिएण्डडि इन्टरप्राइजेज मार्फत चिनबाट मास्कको तुना ल्याउँदा तुनाको बक्सभित्र लुकाएर अक्सिमिटर ल्याएको उनले प्रहरीलाई बताएका छन् । कमसल गुणस्तरको सो अक्सिमिटरको बजार मुल्य करिब ७ सय पर्ने भएपनि उनीहरुले २ हजार २ सय सम्म बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।  ratopati

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513965
Today
Yesterday
This Week
Last Week
This Month
All days
119
573
3331
1501303
14320
1513965

Your IP: 216.73.216.190
2025-05-25 05:57

Facebook Live Feed