news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१२ साउन, काठमाडौं । कक्षा १२ को परीक्षा होम सेन्टरबाटै हुने भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिमलाई ख्याल गरेर यस पटक होमसेन्टरबाटै परीक्षा लिने तय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

बुधबार संसदको शिक्षा तथा स्वास्थ समितिको बैठकमा बोल्दै सदस्य सचिव अर्यालले भने, “अर्को ठाउँमा जानु पर्दा यातायातको समस्या हुने, विद्यार्थीले कोठा खोजेर बस्नुपर्ने, यस्ता कार्यले कोरोना जोखिमलाई पनि थप बढाउन सक्ने भएकाले होम सेन्टरबाट गर्नुपर्ने भएको छ ।

कक्षा १० को आन्तरिक मूल्यांकनबाट नतिजा  निकाल्ने तयारी भएको तर १२ को भने आन्तरिक मूल्यांकनबाट नभइ भौतिक उपस्थितिमै परीक्षा लिनुपर्ने सुझाव आएकोले होम सेन्टरबाट परीक्षा लिन लागेको  सदस्य सचिव अर्यालले जानकारी दिए ।

उनका अनुसार कक्षा १२ का २८ भन्दा कम विद्यार्थी भएका एक हजार विद्यालय छन्, ५० भन्दा कम विद्यार्थी भएका दुई हजार ३००,  एक सयभन्दा कम विद्यार्थी भएका तीन हजार ४०० र ५०० भन्दा बढी विद्यार्थी भएका विद्यालय ८९ वटा छन ।

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म सञ्चालन हुँदैछ ।

बैठकमा सांसद खगराज अधिकारीले होम सेन्टरबाट परीक्षा लिंदा त्यहीँकै निरीक्षक नहुने व्यवस्था गर्न सुझाव दिए । “नत्र चोरेर पास गराउने पनि हुन सक्छ,” अधिकारी ले भने ।

सांसद मानबहादुर बिश्वकर्माले विद्यार्थीले उच्च शिक्षा पढ्न नसक्ने गरी कुनै कार्य कतैबाट हुन नहुने बताए ।

सांसद मनकुमारी जिसीले परीक्षा संचालन गर्दा स्वास्थ सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गरिनुपर्ने बताइन् ।

साैसद गिरिराजमणि पोखरेलले शिक्षक र विध्यार्थीलाई कोरोना खोप नदिएसम्म भौतिक उपस्थित सुरक्षित हुन नसक्ने बताए ।

साथै उनले नेपालले कोरोनाका बाबजुद शैक्षिक सत्र बचाएको बताए । र, अब आन्तरिक मूल्यांकनमा स्कुलले जथाभावी नगरुन भनेर स्थानीय सरकारलाई अवलोकनको जिम्मेवारी वा अधिकार दिइनुपर्ने पनि बताए ।

सांसदहरूका प्रश्नको जवाफ दिंदै शिक्षा मन्त्रालयका सचिव रामकृष्ण थपलियाले सिसिएमसीसीको निर्णय अनुसार परीक्षा संचालन गर्न लागिएको बताए ।

सीसीएमसीसीले स्वास्थ सुरक्षा मापदण्ड अपनाउन भनेकाले सोही अनुसार व्यवस्थापन गर्न परीक्षा केन्द्रहरुलाई भनिएको र अझ भनिने उनले बताएका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513739
Today
Yesterday
This Week
Last Week
This Month
All days
466
338
3105
1501303
14094
1513739

Your IP: 216.73.216.55
2025-05-24 18:58

Facebook Live Feed