news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

२२ मंसिर, काठमाडौं । विश्व स्वास्थ्य संगठनका अधिकारीले हाल प्रयोग भइरहेका कोभिड खोपले ओमिक्रोनविरुद्ध काम गर्न सक्ने बताएका छन् ।

दक्षिण अफ्रिकामा नयाँ भेरियन्टबारे गरिएको नयाँ ल्याब परीक्षणबाट ओमिक्रोनले फाइजर खोप छल्न सक्ने देखिएका बेला विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अधिकारीको पछिल्लो धारणा आएको हो ।अनुसन्धानकर्ताले पनि नयाँ भेरियन्टविरुद्ध खोपको प्रभावकारिता कम हुन सक्ने बताइरहेकाका छन् । तर डब्ल्यूएचओका स्वास्थ्य आपतकाल कार्यक्रमका कार्यकारी निर्देशक डा. माइक रायनले ओमिक्रोनको खोप छल्ने क्षमता अन्य भेरियन्टभन्दा राम्रो रहेकोबारे हालसम्म कुनै संकेत फेला नपरेको बताएका छन् ।

‘हामीसँग गम्भीर संक्रमण र अस्पताल भर्ना हुनबाट बचाउँने अनि सबै भेरियन्टविरुद्ध काम गरिसकेका निकै प्रभावकारी खोप छन्’ डा. रायनले भने, ‘नयाँ भेरियन्टको हकमा फरक अनुमान गर्नुपर्ने कुनै कारण छैन ।’

प्रारम्भिक तथ्याङ्कबाट समेत डेल्टा र अन्य भेरियन्टको तुनलामा ओमिक्रोनले गम्भीर संक्रमण गर्ने संभावना कम रहेको पनि रायनको भनाइ थियो ।

दक्षिण अफ्रिकामा गरिएको नयाँ अध्ययनले भने सुरुको कोभिड स्ट्रेनको तुलनामा ओमिक्रोनविरुद्ध फाइजर/बायोइन्टेक खोपको प्रभावकारिता ४० प्रतिशत कम हुन सक्ने देखाउँछ । तर उक्त अध्ययनको स्वतन्त्र विश्लेषण हुन भने बाँकी छ ।

अध्ययनको नेतृत्व गरेका तथा अफ्रिका हेल्थ रिसर्च इन्स्टिच्युटका भाइरस विशेषज्ञ एलेक्स सिगलले समेत ओमिक्रोनले खोपबाट प्राप्त हुने एन्टिबडी छल्नेसम्बन्धी तथ्य ‘अपूर्ण’ रहेको बताएका छन् ।

वैज्ञानिकहरूले पनि  यसअघिको कोभिड संक्रमण, लगत्तैको खोप वा बुस्टर डोजका कारण रोग प्रतिरोधी क्षमता बढ्न सक्ने र मानिसहरू गम्भीर संक्रमणबाट सुरक्षित हुने विश्वास गरेका छन् ।

मोडेर्ना, जोनसन एण्ड जोनसनसहितका अन्य कोभिड ओमिक्रोनविरुद्ध काम गर्ने वा नगर्ने भनेर हालसम्म महत्वपूर्ण तथ्य बाहिर आइसकेको छैन । ओमिक्रोनविरुद्ध फाइजर खोप के-कति प्रभावकारी छ भन्नेबारे केही दिनभित्रै तथ्याङ्क बाहिर आउने अपेक्षा गरिएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513656
Today
Yesterday
This Week
Last Week
This Month
All days
383
338
3022
1501303
14011
1513656

Your IP: 216.73.216.60
2025-05-24 15:16

Facebook Live Feed