बिरगंज पुष ३ - नेपाल दलित मुक्ति संगठनको ३४ औ स्थापना दिवसको अवसरमा संगठनको पर्सा जिल्ला कमिटीको पुर्ण बैठक एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
रास्ट्रिय दलित पत्रकार पर्साको सभाहलमा संगठनका पर्सा अध्यक्ष सुशील हजराको अध्यक्षता सम्पन्न बैठक एवं प्रशिक्षण भेलाले एक महिने संगठन बिस्तार अभियान संचालन गर्ने निर्णय गरेको छ ।
बैठक एवं भेलाले दलित मुक्ति संगठनको पर्सा जिल्ला भरिको १४ वटा पालिका कमिटी र विभिन्न बिभागहरु पौष मसान्त भित्रमा गठन गरि सक्ने निर्णय समेत गरेको छ ।
बैठक एवं प्रशिक्षण भेलामा नेकपा एस पर्साका अध्यक्ष बालगोपाल थापाले दलित मुक्ती आन्दोलनमा कम्युनिस्ट पार्टीको योगदान बारे प्रशिक्षण दिनु भएको थियो भने पार्टी जिल्ला सचिवालय सदस्य एव दलित फाट इन्चार्ज बृजलाल पासवानले दलित मुक्ति आन्दोलन र आगामी कर्ययोजनाको बिषयमा प्रशिक्षण दिनु भएको थियो ।
भेलामा नेकपा एस बिरगंज महानगर कमिटीका अध्यक्ष मनोज चौधरी , जिल्ला सचिवालय सदस्य पटवारीलाल बैठा , जिकस उमेश ठाकुर ,अमिर्का प्रसाद साह , दलित पत्रकार संघ पर्सा अध्यक्ष श्याम पासवान लगाएतले मन्तब्य ब्यक्त गरेका थिए भने स्वागत मन्तब्य संगठनका उपाध्यक्ष अमरदेव पासवान र संचालन सह - सचीव सुरेश दासले गरेका थिए ।