news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

सर्लाही चैत्र १३,— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा आइतबार यात्रुबाहक बस पल्टिँदा चार जनाको मृत्यु भएको छ । बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रारम्भिक जानकारी आएको छ ।

वीरगन्जबाट जनकपुरतर्फ जाँदै गरेको ना ४ ख ८५५५ नम्बरको यात्रुवाहक बस आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरस्थित फुलजोर खोलाको बार भत्काउँदै खोलामा खस्दा दुर्घटना भएको हो ।गुडिरहेको बस एक्कासि खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदारमान दोङले बताए । दुर्घटनामा मृत्यु हुनेहरुको पहिचान खुल्न सकेको छैन । मृतकहरुको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल लगिएको र दुर्घटनामा घाइते भएकाहरुको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।प्रहरी निरीक्षक दोङले दुर्घटनाबारे यकिन विवरण संकलनको काम भइरहेको जानकारी दिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513554
Today
Yesterday
This Week
Last Week
This Month
All days
281
338
2920
1501303
13909
1513554

Your IP: 216.73.216.28
2025-05-24 10:56

Facebook Live Feed