news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बिरगंज जेष्ठ १६ -मानव बेचबिखन तथा जबरजस्ती करणीमा अभियोगमा ३ जना जीप्रका पर्साले नियन्त्रणमा लिएको छ।

जिल्ला मोरङ कटहरी गाउँपालिका वडा नं. ४ घर भई हाल जिल्ला पर्सा बीरगञ्ज महानगरपालिका वडा नं. ८ स्थित एक रेष्टुरेण्टमा काम गरी बस्ने वर्ष २५ को सुरज कुमार साहले मिति २०७९।०२।०५ गते काठमाण्डौँ बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई बीरगञ्ज बोलाई बसपार्कस्थित एक होटलमा लगी पटकपटक करणी गरेपश्चात् मिति २०७९।१०।०९ गते बीरगञ्ज महानगरपालिका वडा नं.१६ स्थित कार्की होटलकी सञ्चालिका वर्ष ४२ की लक्ष्मी बुढाथोकी (कार्की) को जिम्मा लगाई आफू भागी फरार भएको । मिति २०७९।०२।१० गते निज लक्ष्मी बुढाथोकी (कार्की) ले “विवाह गर्छ” भनी झुक्याई जिल्ला जुम्ला हेमा गाउँपालिका वडा नं. ३ जोगीवडा टोल घर भई हाल बी.म.न.पा.-१६ फूलबारी टोलमा डेरा गरी बस्ने वर्ष ३५ को हरिचन्द्रनाथ योगीको साथमा युवतीलाई पठाएको । निज योगीले पीडितलाई आफ्नो कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरी बाहिर निस्कन नदिई राखेको । मिति २०७९।०२।१४ गते राति अं. २१.०० बजे निज पीडित मौका छोपी उक्त स्थानबाट भागी आफन्तको सम्पर्कमा आएको भन्ने समेतको घटना विवरणको जानकारी मिति २०७९।०२।१५ गते यस कार्यालयमा प्राप्त हुनासाथ यस कार्यालयबाट खटिएका विभिन्न टोलीले बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानबाट उल्लेखित तीनै जना आरोपितलाई नियन्त्रणमा लिई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान भइरहेको व्यहोरा जानकारी प्राप्त भएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513381
Today
Yesterday
This Week
Last Week
This Month
All days
108
338
2747
1501303
13736
1513381

Your IP: 216.73.216.79
2025-05-24 06:15

Facebook Live Feed