news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगन्ज (पर्सा), १६ असार / वीरगंज महानगरपालि भित्रको घनाबस्तीमा केहि बर्ष अगाडी विद्युत प्राधिकरणले जडान गरेको ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरु समस्या भोग्दै आएको बताएका छन् ।

वीरगंज महानगरपालिकाको वडा नम्बर ८ पानीटंकीर वडा नम्बर १२ को ब्रहमस्थानदेखि पानीटंकी सम्मको ४० घरबस्तीका स्थानीयहरु प्रत्यक्ष रुपमा समस्या भोग्दै आएको बताएका हुन । वीरगंजमा बुधबार पिडितहरुले हिजो पत्रकार सम्मेलनको आयोजना गर्दै ११ हजार केभी भोल्टेजको हाईटेन्सन बिजुलीका कारण स्थानीयहरुले भोग्दै आएको समस्या समाधान गर्न सम्बन्धित निकायसंग माग गरेका छन । विगत लामो समयदेखि यो समस्या स्थानीयहरुले भोग्दै आएको सम्बन्धित विद्युत प्राधिकरण कार्यालयसंग स्थानान्तरण गरीदिन माग गरेका हुन । केहि बर्ष अगाडी विद्युत प्राधिकरणले घनाबस्तीमा विजुली जडान गरेकाले समस्या भोग्दै आएको वीरगंज महानगरपालिका १२ मुर्ली बगैचाका स्थानीय रामहित यादवले बताए । उनले महानगर कै भित्रको घनाबस्तीमा जडान भएको ११ हजार भोल्टेज हाईटेन्सन बिजुलीका कारण मानविय क्षति जोखिमको त्रासमा बस्नुपरेकोे बताए । उनका अनुसार विद्युत प्राधिकरणले जडानको गरेको विजुलीले स्थानीयहरुको घरको ५ फिट मात्र माथी रहेकाले मानविय क्षतिको उच्च जोखिम रहेको छ ।
स्थानीयहरुको पहलमा वडा नम्बर १२ र वडा नम्बर ८ को कार्यालयले उचित स्थानमा ११ हजार केभी भोल्टेजको विजुली स्थानान्तरण गर्न अगाडी बढेको छ । विजुली जडान भएको घनाबस्तीको २५ मिटर पुर्वपट्टी ४० फिटको सडक भएकाले उक्त सडकको पोलमा बिजुली स्थानान्तरण गर्न उचित हुने अर्को स्थानीय पुनितलाल साहले बताए । स्थानीयबासीको समस्या समाधान गर्नका निम्ती दुबै वडा कार्यालयहरु संयुक्त लगानीमा ९ लाख ४१ हजार ८ सय ३० खर्च गर्न तयार समेत भएको वडा नम्बर ८ का वडाअध्यक्ष रितेश गुप्ताले बताए र यो तार हटाउन स्थानीय बाट कुनै सहयोग न लिएको र दुबै वडा मिलेर बेहोर्ने समेत प्रतिबदता जाहेर गर्नु भयो । लामो समयदेखि स्थानीयहरु भोग्दै आएको समस्या समाधानका निम्ती स्थानान्तरणमा हुने अनुमानित खर्च वडा कार्यालयले बेहोर्ने उनले बताए ।
नागरिक समाज पर्साका अध्यक्ष दिपक शाक्यको अध्यक्ष्तामा भएको पत्रकार सम्मेलनमा वडाअध्यक्ष अध्यक्ष गुप्ता, वडा नम्बर १२ का वडा सदस्य दिपक डंगोल, पानीटंकी टोल बिकाश उपभोक्ता समितिका सदस्य ध्रुब प्रसाद कसरी सचिव सुरेश कुमार बादल लगायतका स्थानीयहरु सहभागी थिए ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513302
Today
Yesterday
This Week
Last Week
This Month
All days
29
338
2668
1501303
13657
1513302

Your IP: 216.73.216.236
2025-05-24 01:59

Facebook Live Feed