news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बारा १६ साउन । भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिलाउन सहयोग गर्ने निजगढ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षसहित दोषिमाथि कारबाही माग गर्दै निजगढका स्थानीयले इलाका प्रशासन कार्यालय सिमरामा आइतवार धर्ना र प्रदर्शन गरेका छन ।

वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन कार्यालयले भारतीय नागरिक रजनी राईलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेपछि स्थानीय युवाहरुको एउटा समुहले दोषिमाथि कारबाहीको माग गर्दै कार्यालयको प्रङ्गणमा नाराबाजीसहित १ घण्टा धर्ना र प्रर्दशन गरेका हुन ।

सचेत युवा समुह रतनपुरीको नाममा हातमा प्लेकार्ड बोकेर कार्यालयमा पुगेका ५०÷६० जना युवाहरुको समुहले रजनीलाई नेपाली नागरिकता प्रमाणपत्र दिलाउन सिफारिस गर्ने वडा अध्यक्ष ज्ञानबहादुर गोले, वडा कार्यालय सचिव शुभचन्द्र महतो र नक्कली आमा÷बुबा बन्ने जिरामाया र श्यामराज गोलेमाथि छानबिन गरी कारबाही माग गर्दै धर्ना र प्रदर्शन गरेका हुन । 

 

युवाहरुले नागरिकताको सिफारिस पत्र बनाउने क्रममा प्रहरीले गरेको सर्जमिनमा साक्षी बसेर सहीछाप गर्ने स्थानीय आइते सिंह मोक्तान, सरिता सुब्बा, अकलबहादुर थिङ, गणेशबहादुर पाख्रिन र बासुलाल मोक्तानमाथि पनि कारबाहीको माग गरेका छन । 

भारतीय नागरिकलाई नेपाली नागरिकताको प्रमाणपत्र दिनेमाथि छानबिन गरी कारबाही गरिनुपर्ने माग राखेर गत असार ८ गते दिएको उजुरीमा कुनै कारबाही नभएपछि बाध्य भएर कार्यालयमा धर्ना र प्रदर्शन गर्नु परेको स्थानीय रमण घिमिरेले बताए । 

कार्यालयका निमित्त प्रमुख शिव अचार्यले कार्यालय प्रम्ुख मोहनप्रसाद अर्याल अहिले बिदामा बसेको र आएपछि छानबिन सुरु गरिने आश्वासन दिएपछि आइतवारको लागि आयोजना गरिएको विरोध कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।

वडा कार्यालयको सिफारिसमा ईलाका प्रशासन कार्यालयले भारत दार्जलिङ घर भएकी २१ वर्षिया रजनी राईलाई रजनी गोलेको नाममा गत साउन १ गते ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र दिएको थियो ।

विदेशी युवतिले नेपाली नागरिकताको प्रमाणपत्र पाएको हल्ला गाउँमा चलेपछि वडा अध्यक्ष गोलेले रजनीको नागरिकता खारेजीको लागि साउन ४ गते इलाका प्रशासन कार्यायलमा निवेदन दिएका थिए । 

गोलेको निवेदनपछि प्रशासन कार्यालयले भारतीय युवति राईसहित नक्कलीआमा÷बुबा बनेर नागरिकताको लागि सनाखत गर्ने जिरामाया र श्यामराज गोलेलाई कार्यालयमा सम्पर्क गर्न इलाका प्रहरी कार्यालय निजगढमार्फत पत्राचार गरेको थियो ।

प्रशासनको पत्र पाएपछि खोजी सुरु गरिएको छ, प्रहरी निरीक्षक सन्जिव ओलीले बताए, तर उनीहरु अहिले पनि फरार रहदै आएका छन ।’ रजनीको आमा बनेर सनाखत गर्ने जिरामायाको मोवाइल लोकेशन ट्याक गर्दा सुरुमा हेटौडामा देखाएको भए पनि अहिले मोवाइल नै स्वीच अफ गरिएको निरीक्षक ओलीले बताए ।
 

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513292
Today
Yesterday
This Week
Last Week
This Month
All days
19
338
2658
1501303
13647
1513292

Your IP: 216.73.216.23
2025-05-24 01:53

Facebook Live Feed