news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज, २० साउन । वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीटंकी टोल विकास उपभोक्ता समितिले मदिरा पदार्थ बिक्रिवितरणमा रोक लगाउन माग गरेको छ ।

टोल विकास उपभोक्ता समितिका अध्यक्ष संजय श्रीवास्तवको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाललाई ज्ञापन पत्र बुझाउँदै मदिराजन्य पदार्थको बिक्रि वितरणमा रोक लगाउन माग गरेका छन् ।

टोल विकास उपभोक्ता समितिले टोलभित्र पर्ने सबै खालका विकृतिको अन्त्य गर्ने अभियान सञ्चालन गरेको बताउँदै उनले मदिरा बिक्रि वितरणले समाजमा अशान्त उत्पन्न भएको बताए ।
‘मध्यरातसम्म मदिरा विक्रिवितरण गरेकोले झै–झगडा, हल्ला हुने साथै भारतीय अपराधीहरु प्नि यही एरियामा आई खाईपिई झैझगडा गर्ने यस एरियामा क्याम्पस स्कुल सबै नजिक नै रहेका कारण चेली बेटीहरुलाई पनि हिँड डुल गर्न समस्या भएकाले मदिरा बिक्रि वितरणमा रोक लगाउन जोडदार माग गर्दछौँ’, प्रजिअ ढकाललाई बुझाइएको ज्ञापन पत्रमा उल्लेख छ ।

सोही क्षेत्रमा अस्पतालसमेत भएको हुँदा मोटरसाइकल बाटोभरी पार्किङ्ग गर्दा एम्बुलेन्स आवतजावतमा समेत समस्या भएको हुँदा मदिराजन्य व्यापार व्यवसाय बनद गर्नुपर्ने उपभोक्ता समितिका अध्यक्ष श्रीवास्तवको माग छ ।
यसअघि बुधवार राति पानीटंकीमा ग्याङ् फाइट भएको थियो । समयमै प्रहरी पुगेपछि दुर्घटना हुनबाट जोगिएको प्रत्यक्षदर्शीले बताएका छन् ।
यस ज्ञापन पत्र बुझाउन समितिका उपाध्यक्ष रामाधार प्र सोनार,सदस्य सुरेश कुमार बादल,गणेश श्रेष्ठ,ध्रुब प्रसाद केसरी,बिबेक पजियार ,दिपक सिंह,बिरेन्द्र ठाकुर,राहुल ठाकुर आशाराम हस्पिटलका एम डी डा अशोक दास को बिशेष उपस्तिथी रहेको थियो। 

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513280
Today
Yesterday
This Week
Last Week
This Month
All days
7
338
2646
1501303
13635
1513280

Your IP: 216.73.216.12
2025-05-24 01:44

Facebook Live Feed