news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

८ मंसिर, काठमाडौं। लामो समयदेखि ठूलो दलका गढ र भोटबैंक भनिने क्षेत्रहरुमा यसपटक नयाँ जनप्रतिनिधिको अनुमोदन भएको छ । उही र उस्तै प्रकृतिका अनुहारहरु बारम्बार उम्मेदवारको रुपमा प्रस्तुत भएपछि मतदाताले अन्तत नयाँ र परीक्षण हुन बाँकी उम्मेदवारलाई सहजै विश्वास गरेका छन् ।

कसरी यस्तो सम्भव भयो होला ? हामीले विभिन्न ९ निर्वाचन क्षेत्रको परिणामलाई लेखाजोखा गरेका छौं ।

काठमाडौं-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम १५ हजार २२९ मत सहित निर्वाचित भइन् । क्षेत्र नम्बर २ त्यही ठाउँ हो, जहाँ अघिल्लो निर्वाचनमा पूर्वप्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल २७ हजार ३६६ मतसहित निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी दीपक कुईकेलले १४ हजार ९०३ मत ल्याएका थिए । यही ठाउँमा पूर्वसभामुख भइसकेकी माओवादी केन्द्रकी नेतृ ओनसरी घर्ती उम्मेदवार थिइन् ।

अहिले काठमाडौं–२ मा यी ठूला दलको मत घटेको देखिन्छ । एमाले उम्मेदवार मणिराम फूयालले त्यतिबेलाको तुलनामा आधा भन्दा पनि कम ११ हजार ५५५ मत मात्रै ल्याए । अहिले कांग्रेसले उम्मेदवारी नै दिएन र माओवादी केन्द्रकी ओनसरी घर्तीलाई समर्थन गरेको थियो । त्यतिबेला विवेकशील साझा पार्टी पनि प्रतिनिधिसभामा आउन प्रयत्नशील थियो । विवेकशील साझाका नेता सूर्यराज आचार्यले ७ हजार ४३७ मत पाएका थिए । एमालेसँगको तालमेलका कारण माओवादी केन्द्रले उम्मेदवारी दिएको थिएन ।

एकाएक आएको राष्ट्रिय स्वतन्त्र पार्टी र उसले उम्मेदवार बनाएको सोविता गौतमले मतदातालाई आफ्नो पक्षमा ल्याइन् । २०७४ सालको आम निर्वाचनमा काठमाडौं–२ मा राप्रपाले आफ्नै अस्तित्व देखाउन नसकेको बेलामा अहिले कुन्तीदेवी पोखरेलले ११ हजार १४ मत ल्याएर तेस्रो भइन् ।२०६४ सालमा माओवादीका नेता झक्कुप्रसाद सुवेदीले एमाले महासचिव माधवकुमार नेपाललाई यही क्षेत्रबाट पराजित गरेका थिए । २०७० मा दिपक कुईकेल निर्वाचित भएका थिए । २०७४ मा नेपाल निर्वाचित भए । ठूला नेताहरुको रोजाइमा पर्ने यो क्षेत्रले यसपटक नयाँ र युवा उम्मेदवारलाई प्रतिनिधिसभामा पुर्‍यायो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1506295
Today
Yesterday
This Week
Last Week
This Month
All days
738
1607
5168
1494645
6650
1506295

Your IP: 3.145.17.123
2025-05-10 20:36

Facebook Live Feed