news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

१० फागुन, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ‘आयुक्त’ राजनारायण पाठकको ७८ लाख घुस प्रकरणमा माओवादीपछि राजपाका नेता-कार्यकर्ताहरु पनि तानिएका छन् ।

यसैसाता राजीनामा दिइएका निवर्तमान आयुक्त पाठकले नेपाल इञ्जिनियरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपाने समूहसँग ७८ लाख घुस लिएका थिए । लामो समयसम्म चलेको बार्गेनिङ नमिलेपछि हालै मात्र घुसकाण्डका भिडियो फुटेजहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।अनलाइनखबरले प्राप्त गरेको एउटा भिडियोमा राजनारायणले घुसकाण्डका भिडियो फुटेजहरु हत्याउन माओवादी कार्यकर्तालाई प्रयोग गरेको खुलेको थियो ।

अर्को खुलासा भएको छ, लम्बोदर समूहबाट रकम लिन राजनारायणले राजपाका नेतालाई प्रयोग गरेका थिए । उनी थिए, राजपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र झा ।

अनलाइनखबरको सम्पर्कमा आएका राजपा नेता झाले राजनारायणलाई दुई पटक गरेर ७८ लाख बुझाएको स्वीकार गरेका छन् । उनले अनलाइनखबरसँग भने, राजनारायणले मलाई प्रयोग गरेका हुन् ।’

राजपा नेता ज्ञानेन्द्र झासँग गरिएको संक्षिप्त कुराकानी-

तपाई राजनारायण पाठकलाई चिन्नुहुन्छ ?

चिन्छु । पहिला उनका भाइलाई चिनेको हुँ । त्यसपछि उहाँसँग पनि चिनजान भयो ।

पाठकको घुसकाण्ड सम्बन्धी अडियो, भिडियो फुटेजहरुमा भनिएको ज्ञानेन्द्र झा तपाई नै हो ?

हो । राजनारायणले मलाई प्रयोग गर्‍यो ।

कसरी ?

उनले मलाई पैसा ल्याइदिन भने । राजनारायणको प्रेसरमा परेँ र मैले नै पैसा लगिदिएको हुँ ।

कहाँ लगिदिनुभयो पैसा ?

दुईपटक मैले उहाँको घरमै लगेर पैसा दिएको हुँ ।

तपाई राजनीतिक नेता हुनुहुन्छ, तपाईलाई घुस लिनेसँगै दिने पनि दोषी हुन्छ भन्ने थाहा छैन भनेर त कसरी भन्नु ?

मलाई युज गरेको हो । राजनारायणका भाइ पूर्वाञ्चलका डीन थिए । हामीले एउटा कलेज चलाउन खोजेका थियौं । सम्बन्धन दिलाइदिन्छु भनेपछि मैले काम गरें ।

भनेपछि तपाई आफ्नो गलत काम गराउन घुसको रकमको भरिया बन्नुभयो ?

सहयोग मात्र गरेको हो । हाम्रो व्यवहारमा त सहयोग चलिहाल्छ नि ।

तर, घुस दिने मान्छे पनि लिनेसरह दोषी हुन्छ । मैले नगर्नुपर्ने काम गरेँ भन्ने लाग्दैन ?

म भ्रष्टाचार विरोधी अभियन्ता हुँ । उसका बारेमा सरकारलाई सबै कुरा भनेको छु ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513316
Today
Yesterday
This Week
Last Week
This Month
All days
43
338
2682
1501303
13671
1513316

Your IP: 216.73.216.72
2025-05-24 02:08

Facebook Live Feed