news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज २८ फागुन ।
जिल्ला प्रशासन पर्साले वीरगंज महानगरपालिका वडा नम्बर ३ मा अवैध रुपमा संचालित रहेको एक किटनासक औषधी उत्पादन गर्ने उद्योगमा छापामारी सिलबन्दी गरेको छ । नारायणी उपक्षेत्रिय अस्पतालको पछाडी रहेको किसान एग्रो केमिकल्स प्रालिमा छापामारी सिलबन्दी गरेको हो ।

सो उद्योग वीरगंजका उद्योगपति श्याम कुमार तुल्स्यानले दर्ता विना अवैध रुपमा संचालन गरेको सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत उज्जवल बहादुर बस्नेतको नेतृत्वमा गएको टोलीले छापामारी उद्योगमा सिलबन्दी गरेको हो । छापामारी टोलीमा वाणिज्य कार्यालय वीरगंज, आन्तरिक राजस्व कार्यालय बीरगंज, कृषि ज्ञान केन्द्र पर्सा, जिल्ला प्रहरी कार्यालय पर्साका प्रतिनिधिको सहभागिता रहेको थियो । उद्योग सञ्चालन ऐन अन्तरगत उद्योग सञ्चालन नगरेकोले स्थानिय प्रशासनमा परेको उजुरीको आधारमा छापा मारिएको वाणिज्य कार्यालय पर्साका प्रमुख ओमनारायण शर्माले बताउनु भयो । सो उद्योगले बालीनाली तथा खेतमा छर्ने गुणस्तरहिन कितनाशक औषधी उत्पादन गर्ने गरेको, बाहिरबाट किटनाशक औषधी मगाएर रिप्याकेगिङ् गर्ने तथा म्याद सकिएको उत्पादनमा फेरी म्याद थपि विक्री वितरण गरि अनियमितता गरेको समेत भेटिएको शर्माले बताउनु भयो सो क्रममा उद्योगको परिसरबाट विभिन्न प्रकारको केमिकल तथा मालवस्तु फेला पारेको र सो सम्बन्धमा अनुन्धान भई रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । उद्योगी श्याम तुल्स्यानले किसान एग्रो केमिकल्स प्रालि वीरगंज २४ रामगढवामा संचालित रहेको र एउटै नामबाट दुई वटा उद्योग सचालन गरी राजस्व छलि गरेको भेटिएपछि प्रशासनले छापामारी उद्योग सिलबन्दी गरेको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईले बताउनु भयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513349
Today
Yesterday
This Week
Last Week
This Month
All days
76
338
2715
1501303
13704
1513349

Your IP: 216.73.216.64
2025-05-24 02:38

Facebook Live Feed