news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

बीरगंज, १२  चैत्र ।
वारा तथा पर्सा जिल्लाका मालपोत कार्यालयहरुमा भ्रष्टाचार र अनियमितता बढदै गएपछि त्यसलाई रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अप्रेशन शुरु गरेको छ । अख्तियारले आज वारा, पर्साका विभिन्न स्थानमा छापामारी मालपोत सम्बन्धी अनियमितता गरिएका फाईल तथा ढड्डाहरु जफत गरेको छ ।

अख्तियारले विगत १० बर्ष देखिको भ्रष्टाचार र अनियमितता सम्बन्धी फाईल केलाउन थालेपछि वारा, पर्साका मालपोतका कर्मचारीहरु आतंकित भएका छन् । अख्तियारले मालपोतमा कार्यरत पूर्व कर्मचारीहरु माथि पनि निगरानी राखि कारवाही प्रक्रिया अगाडी बढाईएपछि पूर्वकर्मचारीहरु समेत त्रसित भएका छन् । वारा, पर्सा तथा सिमरा मालपोत कार्यालयका पुराना ढडा राजस्व असुली सम्बन्धी विवरणका फाईल अख्तियारले आफ्नो नियन्त्रणमा लिएर गएको छ । अख्तियारले फाईल लगे सँगै मालपोत कार्यालयका प्रमुखहरु कार्यालय जान छाडेका छन । वारा, पर्सा र सिमरामा करोडौको मालपोत वापतको राजस्व, सरकारी खातामा जम्मा नगरी हिनामिना गरेको अनुसन्धानको क्रममा खुलेपछि अहिले वारा, पर्साका मालपोत कार्यालयलाई अख्तियारले केन्द्र विन्दु बनाएको छ । राजस्व हिनामिना गरेको आरोप सँगै मालपोत कार्यालयमा हुने अनियमितता, ढिलासुस्ती र गैरकानूनी गतिविधिका बारेमा दर्जनौ उजुरी अख्तियारमा परेको छ । जनताको गुनासो बढी आउन थालेपछि वारा, पर्सालाई नै केन्द्र विन्द बनाई आयोगले स्टिङ अप्रेशन शुरु गरेको जनाईएको छ ।

यसैगरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाबाट खटिएको टोलीले आज वीरगंजको श्रीपुर स्थित सुनिल पटेलको घरमा छापा मारेको छ । निजको घरबाट मालपोत कार्यालय सिमरा तथा पर्साका महत्वपूर्ण कागजात बरामद गरेको बुझिएको छ । छापामारीको क्रममा मालपोतका नगदी रसीद, विभिन्न जग्गा दर्ता भएको रजिष्टर, नागरिकता लगायत विभिन्न किसिमका फाइलहरु अख्तियारले बरामद गरेको छ । पर्सा मालपोत कार्यालयका पूर्व कर्मचारी एवं हाल सिमरा मालपोतका प्रमुख मदन गुप्ताले सार्वजनिक जग्गा निजी व्यक्तिको नाममा दर्ता गरेको उजूरीको आधारमा अख्तियारले छापामारी गरेको थियो । मदन गुप्ता अहिले फरार छन् । प्राप्त सूचना अनुसार सुनील पटेल मदन गुप्ताको चालक रहेका र अख्तियार छापामारी गरेपछि मदन गुप्ताका आवश्यक कागजात पटेलको घरमा लुकाएर राखेको हुनसक्ने बताईएको छ । साथै अख्तियारको टोलिले मदन गुप्ताका ज्वाइ नाता पर्ने निरज गुप्ताको घरमा पनि छापामारी महत्वपुर्ण कागजात बरामद गरेको छ । यसैविच अख्तियारले आजै मालपोत कार्यालय वाराको राजस्व फाँटमा छापामारी कागजात नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौडाबाट खटिएको टोलीले मालपोत कार्यालय सिमराबाट असुली भएको राजस्व कलैयाका लेखापाल जुगल किशोर ठाकुरले हिनामिना गरेको सम्बन्धी उजुरी परेपछि त्यसको छानविनका लागि कागजात नियन्त्रणमा लिएको आयोगको हेटौडा स्थित कार्यालयले जनाएको छ । सिमारा मालपोतमा कार्यरत कर्मचारी मदन गुप्ताका मतियार शत्रुघन पटेललाइ पक्राउ गरी हेटौडा लिएको अख्तियारको टोलिले जनाएको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513302
Today
Yesterday
This Week
Last Week
This Month
All days
29
338
2668
1501303
13657
1513302

Your IP: 216.73.216.236
2025-05-24 01:59

Facebook Live Feed