news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

जनकपुर चैत १४  : प्रदेश २ को आज दिउँसो ३ बजे बोलाइएको तेस्रो अधिवेशनको पहिलो बैठक कांग्रेसले अवरुद्ध गर्ने भएको छ।

वीरगन्ज स्थित विपी उद्यानको नाममा रहेको जग्गामा प्रदेश सरकारले जबरजस्ती मधेसी सहिद पार्क निर्माण गर्न शिलान्यास गरेको विरोधमा नेपाली कांग्रेसले बैठक अवरुद्ध गर्ने प्रदेश संसदीय दलका नेता रामसरोज यादवले बताए।

यादवले भने, ‘यो सरकारले केटाकेटी काम गरिरहेको छ, नियम कानुनको धज्जी उडाउने काम गर्दै छ। जबसम्म सरकारले निर्णय फिर्ता लिँदैन हामी कुनै हालतमा सदन चल्न दिन्नौं।’

यसअघि पनि ४ फागुनमा कांग्रेसले प्रदेशसभाको बैठक यसै विषयमा अवरुद्ध गरेको थियो।

चैत १४ दिउँसो ३ बजे बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखको पत्र पढेर सुनाउने साथै सभाका सदस्यलाई शुभकामना दिने कार्यक्रम रहेको उपसचिव रञ्जीत यादवले जानकारी दिएका छन्।

उपसचिव यादवका अनुसार त्यसअघि बिहान ११ बजे कार्यसूची तयार गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्नेछ। प्रदेश २ मा भएका दुई वटा अधिवेशनमा अहिलेसम्म २७ विधयेक सचिवालयमा दर्ता भएका छन्।

तीमध्ये १६ विधेयक पारित भएर प्रमाणीकरण समेत भइसकेको छ। ८ विधेयक विषयगत समितिमा छलफलका क्रममा रहेको उपसचिव यादवले बताए।

प्रदेशको लोकसेवा आयोग सम्बन्धी विधेयक यसअघि नै सभामा टेबल भइसकेको छ भने अन्य दुई विधेयक प्रदेशसभामा दर्ता भएको तर टेबल हुन बाँकी छ।

यसअघि ४ फागुनमा प्रदेशसभाको बैठक बसेको थियो भने १८ फागुनमा दोस्रो अधिवेशन अन्त्य भएको घोषणा गरिएको थियो। प्रदेश २ सरकारले ८ जिल्लामा आफ्नै प्रमुख जिल्ला अधिकारी राख्ने गरी प्रदेश प्रशासन सम्बन्धी विधेयक तयार पारेको छ।

मन्त्रिपरिषद् बैठकले स्वीकृत गरिसकेको प्रदेश प्रशासन सम्बन्धी विधेयक तेस्रो अधिवेशनमा पेस हुने बताइएको छ।

प्रदेशभित्र उद्योग सञ्चालन तथा व्यवस्थापन गर्न तयार पारिएको विधेयक समेत तेस्रो अधिवेशनमा प्रदेशसभा बैठकमा प्रस्तुत हुन सक्ने बताइएको छ।

 

 
Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513338
Today
Yesterday
This Week
Last Week
This Month
All days
65
338
2704
1501303
13693
1513338

Your IP: 216.73.216.60
2025-05-24 02:22

Facebook Live Feed