news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

सिमरा चैत १५: बाराको सिमरास्थित डिभिजन बन कार्यालयमा अख्तियारले आज छापा मारेको छ । अख्तियारको टोलीले एक लाख पन्ध्र हजार रुपैया घुस सहित बन कार्यालयका प्रमुख सहित अन्य दुई कर्मचारीलाई रगेंहात पक्राउ गरेको हो । 

हेटौडास्थित आयोगको कार्यालयबाट खटिएको प्रहरी नायब उपरीक्षक केशव भट्टराई नेतृत्वको टोलीले डिभिजन वन कार्यालयका प्रमुख शिवशंकर ठाकुर, सहायक वन अधिकृत गौरीशंकर केशरी र कार्यालय सहयोगी रामचन्द्र अधिकारीलाई एक लाख १५ हजार  रुपैयाँ घुससहित पक्राउ गरेको हो ।  

डिभिजन प्रमुख ठाकुरले कार्यालय सहयोगी मार्फत रकम लिन लगाएको अख्तियार स्रोतले जानकारी दिएको छ ।   

सेवाग्राहीसँग घुस लिएर हैरान बनाएको उजुरी परेपछि प्रहरी नायव उपरीक्षक केशव भट्टराईको नेतृत्वमा अख्तियारको टोली बारा आइपुगेको हो।

पक्राउ परेका तीनै जना कर्मचारीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आयोगको टंगालस्थित कार्यालयमा पठाउने हेटौडास्थित आयोगका प्रमुख हुमकला पाण्डेले जानकारी दिनुभयो ।

वन कार्यालयले आह्वान गरेको कबाडी ठेक्काको टेन्डर स्वीकृति गर्न डिभिजन वन कार्यालय प्रमुखसहित तीनै जना कर्मचारी ठेकेदारसँग घुस रकम लिएको आयोगले जनाएको छ ।

निगरानी बढाइएको अवस्थामा ठेक्कालाई स्वीकृति गर्न प्रमुख ठाकुर र सहायक वन अधिकृत केशरीले कार्यालय सहयोगी अधिकारीमार्फत घुस रकम लिएको अवस्थामा पक्राउ गर्न सकिएको पाण्डेले बताउनुभयो ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513345
Today
Yesterday
This Week
Last Week
This Month
All days
72
338
2711
1501303
13700
1513345

Your IP: 216.73.216.65
2025-05-24 02:30

Facebook Live Feed