news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

हैटौँडा १९ चैत । प्रदेश ३ सरकारले हावाहुरी प्रभावित क्षेत्रका पीडितहरुलाई एक करोड सहयोग गर्ने निर्णय गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बारा, पर्सा लगायतका आँधीबेहरी पीडितका लागि प्रदेश २ सरकारमार्फत एक करोड सहयोग गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री डोरमणि पौडेलसहित आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, सामाजिक विकास मन्त्री युवराज दुलालसहितको टोली प्रभावित क्षेत्रको निरीक्षण गरेर सोमबार फर्किएपछि मंगलबार बसेको बैठकले सो निर्णय गरेको हो ।प्रारम्भिकरुपमा एक करोड सहयोग गरेपनि अन्य सहयोग पनि जारी रहने मुख्यमन्त्री पौडेलले बताए । साथै मुख्यमन्त्री पौडेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धान्जली, आफन्तजनप्रति समवेदना र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन् ।यसैगरी मंगलबार नै बसेको बैठकले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पेश गरेको प्रदेश विउ विजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५, कृषि व्यवसाय प्रवर्द्धन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ स्विकृत गर्ने निर्णय पनि गरेको छ ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513356
Today
Yesterday
This Week
Last Week
This Month
All days
83
338
2722
1501303
13711
1513356

Your IP: 216.73.216.185
2025-05-24 04:55

Facebook Live Feed