news.terai@gmail.com

९८५१२३२८१४

Birgunj-8, Parsa, Nepal

Pin It

वीरगञ्ज  २२ चैत । हावाहुरी प्रभावितका लागि छिटो भन्दा छिटो घर बनाउने बताएका छन् । उनले घर निर्माणका सन्दर्भमा संघीय सरकारसँग समेत कुरा भइसकेको बताउँदै घर प्रदेश सरकारले नै बनाउने दावी गरे ।

एमबी केडिया सेवा ट्रष्टको तर्फबाट हावाहुरी प्रभावितका लागि प्रदान गरिएको ११ लाख आर्थिक सहयोग बुझ्दै उनले सेना मार्फत प्रभावितको घर बनाउने सहमति भएको जानकारी दिए ।

‘प्राकृतिक विपदलाई हामीले रोक्न सक्दैनौं, हामीले सक्ने भनेको जो पीडित छन्, जो दुःखी छन्, उनीहरुको चोटमा मल्हम लगाउने हो । जुन हामीले गर्दै पनि आएका छौं,’ उनले भने, ‘घर निर्माणका सम्बन्धमा प्रधानमन्त्रीसँग मेरो कुरा भएको छ । प्रधानमन्त्रीले सेनासँग गराउँदा बेटर हुन्छ भन्नुभएको छ । अन्य प्रदेश सरकारले पनि एक/एक करोड दिन्छु भनेका छन् । मुख्य मन्त्री राहत कोषमा जम्मा भएको रकम सेनालाई दिन्छौं, उनीहरुले अब घर बनाउँछन् ।’

धेरै संघसंस्था, उद्योगीहरु ठूलो परिमाणमा सहयोग गर्न तयार रहेको बताउँदै उनले सबै मिल्दा छिटो भन्दा छिटो घरबार बिहीन बनेका हावाहुरी प्रभावितको घर बन्ने बताए ।

सहयोग रकम हस्तान्तरण गर्दै केडिया आँखा तथा दाँत अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवं केडिया सेवा ट्रष्टका अध्यक्ष हिरालाल केडियाले विपदमा परेकालाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिए ।

गत आइतबार साँझ आएको हावाहुरीका कारण बारा र पर्सामा २८ जनाको मृत्यु भएको थियो भने झण्डै २ हजार घरधुरी घर बिहीन बनेका छन् ।

Pin It

 

Contact Information

प्रकाश र सम्पादक :
सुरेश कुमार बादल - ( ९८५१२३२८१४ )


सह - सम्पादक : 
राम नरेश प्र. चौरसिया - ( पर्सा बिरगंज ९८१२२९३७४४)

राम कुमार पाण्डे 

फोटो सिद्धार्थ कुमार बादल 


कानुनि सलाहकार :
अमय कुमार दाश (अधिबक्ता ) 

 Email:- news.terai@gmail.com
Office :- Birganj - 8, Parsa (Nepal)

जि प्र का पर्सा द्न २२०/०६५

Visitors Counter

1513380
Today
Yesterday
This Week
Last Week
This Month
All days
107
338
2746
1501303
13735
1513380

Your IP: 216.73.216.236
2025-05-24 06:09

Facebook Live Feed